काठमाडौं । नेपाल एयरलाइन्सको हङकङ उडान आजदेखि पुनः शुरु भएको छ । नेपालमा परीक्षण गर्दा कोरोना नेगेटिभ आएका यात्रुहरुको हङकङ पुगेर परीक्षण गर्दा पोजिटिभ आएपछि नेपाल एयरलाइन्सलाई हङकङले उडानमा प्रतिबन्ध लगाएको थियो ।
‘नोभेम्बर २५ तारिखसम्म हङकङ उडानमा प्रतिबन्ध थियो, तर आज सोमबारदेखि नियमित उडान शुरु भएको छ,’ नेपाल वायुसेवा निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन् ।
स्टार अस्पताल, सुरिया हेल्थ केयर, ह्याम्स र सेन्ट्रल डाइगोनेस्टिक सेन्टरका ल्यावमा परीक्षण गर्दा १३ जनाको कोरोना परीक्षण नेगेटिभ आएको थियो । त्यसपछि हङकङ उडानका लागि नेपाल एयरलाइन्स प्रतिबन्धमा परेको थियो ।
त्यसपछि सरकारले ती ल्यावहरुको परीक्षण जाँच गरेको थियो ।
नेपाल एयरलाइन्सले निजी ल्यावमा कोरोना परीक्षण गर्दा नतिजा नेगेटिभ आएको र हङकङ पुगेर यात्रुको कोरोना परीक्षण गर्दा पोजिटिभ आएपछि निगमले हङकङका लागि सरकारी ल्यावको रिपोर्टलाई मात्रै मान्यता दिने निर्णय गरेको थियो ।
SHARE YOUR THOUGHTS