देशभरका होमस्टे खोल्ने होसानको निर्णय « Eglish Khabarhub

देशभरका होमस्टे खोल्ने होसानको निर्णय



काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारीको कारण करिब ९ महिनादेखि बन्द रहेका होमस्टेहरु पुनः सञ्चालन गर्ने होसानले निर्णय गरेको छ ।

शनिबार चितवनको खैरहनी १० कठारमा बसेको होमस्टे (घरबास) एशोसियसन नेपाल (होसान) केन्द्रीय समितिको बैठकले सरकारले तोकेको सुरक्षा मापदण्डअनुसार देशभर सञ्चालनमा रहेका होमस्टेहरू सञ्चालन गर्ने गर्ने निर्णय गरेको कोषाध्यक्ष सुरज बास्तोलाले बताए ।

बास्तोलाले पछिल्लो समय कोभिडको प्रभाव कम देखिएकाले हामस्टेमा रमाउने पर्यटकको लागि खुल्ला गरिएको बताएका छन् ।

कोरोनाका कारण लामो समयदेखि बन्द रहेको पर्यटन क्षेत्रमा पछिल्लो समय गतिविधि बिस्तारै बढ्न थालेसँगै होमस्टेहरु पनि सञ्चालन गर्ने निर्णय गरिएको हो । लामो समयदेखि बन्द रहँदा समस्यामा परेको पर्यटन क्षेत्रलाई सभाइभ गर्नका लागि विभिन्न गन्तव्यहरु खुल्ने क्रम शुरु भइसकेको छ ।

Publish on: