ललितपूर महानगरभित्र पर्चा पम्प्लेट टाँस्न, ब्यानर झुन्ड्याउन र भित्ते लेखन गर्न प्रतिवन्ध, थुक्नेलाई पनि कारबाही « Eglish Khabarhub

ललितपूर महानगरभित्र पर्चा पम्प्लेट टाँस्न, ब्यानर झुन्ड्याउन र भित्ते लेखन गर्न प्रतिवन्ध, थुक्नेलाई पनि कारबाही



काठमाडौं । ललितपूर महानगरभित्र अब र्चा पम्प्लेट टाँस्न, भित्ते लेखन गर्न, होर्डिङ बोर्ड र ब्यानर झुन्ड्याउन नपाइने भएको छ । सुन्दर शहर निर्माणको अभियान नै सञ्चालन गरेर महानगरले शहर कुरुप पार्ने कुनैपनि गतिविधि गर्न प्रतिवन्ध लगाएको छ ।

‘अब उप्रान्त महानगरभित्र कुनै पनि प्रकारको पर्चा, पम्प्लेट टाँस्न, ब्यानर भुन्ड्याउन पाइँदैन,’ सुन्दर शहर अभियानको उद्घाटन गर्दै महानगरका प्रमुख चिरिबाबु महर्जनले भने, ‘यस्तो काम गर्ने जोसुकैलाई हामी निर्ममतापूर्वक कारबाही गर्छौं ।’

त्यसैगरी, इन्टरनेट सेवा प्रदायकले टाँग्ने गरेका तारे पनि शहर कुरुप बनाएको भन्दै अब त्यसलाई पनि सुधार गरिने महर्जनले जानकारी दिए ।

त्यसैगरी, फुटपाथमा जथाभावि फोहोर फाल्ने, थुक्ने, पसल राख्ने, सवारी साधन पार्किङ्ग गर्ने, निर्माण समग्री राख्ने लागयतका कार्य गर्नेहरुलाई पनि महानगरले कारबाहीको दायरामा ल्याउने भएको छ ।

महानगरलाई सफा र सुन्दर बनाउने यो अभियानमा सबै महानगरबासीको साथ र सहयोग अत्यावश्यक रहेको उनले बताए । जनचेतना अभिवृद्धि गर्ने उदश्यले महानगरले र्याली समेत गरेको छ ।

Publish on: