१ पुस २०८२, मंगलबार

चक्रपथ निरीक्षण्ण गर्न बुटवल पुगेका अर्थमन्त्री पौडेलले भने- बजेटको चिन्ता नगर्नुहोस्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल । अर्थमन्त्री विष्णु पौडेलले रुपन्देहीको सैनामैना नगरपालिकामा निर्माणाधीन चक्रपथको आज निरीक्षण गरेका छन् ।

अर्थमन्त्री पौडेलका साथमा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीको समेत सहभागी थिए ।

नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले चक्रपथ निर्माणको पछिल्लो अवस्था बारेमा जानकारी दिए । सो अवसरमा अर्थमन्त्री पौडेलले सैनामैनाको शहरीकरणका लागि आवश्यक बजेटको व्यवस्था सङ्घीय र प्रदेश सरकारबीच छलफल गरेर टुङ्गो लगाइने जानकारी दिए ।

उनले बजेटका विषयमा चिन्ता नगर्न आग्रह गर्दै तोकिएको समयमा सडक आयोजनाको काम पूरा गर्न सम्बन्धित निकायलाई निर्देशन दिए ।

मन्त्री पौडेलले चक्रपथमा रहेका स्थानीयवासीसँग छलफल गर्दै सडकको कामलाई गुणस्तरीय बनाउन स्थानीयवासीको जागरुकता आवश्यक भएको बताए।

कूल ५७ करोड १२ लाखको लागतमा निर्माण हुन लागेको सडकको भौतिक प्रगति ४८ प्रतिशत भएको छ ।

नगरपालिका- ११ मा पर्ने क्षेत्रको चक्रपथको दुई किलोमिटर सडक कालोपत्र भएको छ । सो सडकको १६.५ किलोमिटर ग्राभेलको काम सकिएको र करिब १३० कल्भर्ट र आठ पुल निर्माण हुने छ । विसं २०७४ जेठ १७ गते चक्रपथको ठेक्का सम्झौता भएको थियो ।