माछापुच्छ्रे बैंकको साधारणसभा सम्पन्न, १०.४ प्रतिशत लाभांश पारित « Eglish Khabarhub

माछापुच्छ्रे बैंकको साधारणसभा सम्पन्न, १०.४ प्रतिशत लाभांश पारित



काठमाडौं । माछापुच्छ्रे बैंक  लिमिटेडको २२औँं वार्षिक साधारणसभा पुस२ गते बिहीबार होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न गरेको छ ।

साधारणसभाले बैंकको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार सेयरधनीहरुलाई हालको चुक्ता पूँजीको १०.४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

जसमध्ये, चुक्तापूँजीको ३.३७ प्रतिशत नगद र ७.०३ प्रतिशत बोनस लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।

साथै, साधारणसभाबाट  बैंकका सर्वसाधारण सेयरधनी समूहको तर्फबाट जय मुकुन्द खनाल, विश्वप्रकाश गौतम तथा सृजना कार्की भट्टराईलाई आगामी ४ वर्षको लागि सञ्चालक समितिको सदस्य पदमा निर्विरोध निर्वाचित गरेको छ ।

बैंकले २२औं साधारणसभासंगै आजैको मितिबाट आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्न शुरु गरिसकेको छ ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब २६ करोड ५१ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिसेयर आम्दानी १४ रुपैयाँ ९६ पैसा कायम गरेको थियो । बंैकको चुक्ता पूँजी ८ अर्ब ४५ करोड रुपंैया तथा साधारण जगेडा कोषमा १ अर्व ७० करोड रुपैयाा सञ्चित छ ।

स्थापनाकालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले आफ्ना १६० वटा शाखालगायत १४१ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा ३०१ स्थानवाट ग्राहकलाई सम्पूर्ण बैंकिङ सुविधा प्रदान गर्नुका साथै, बंैकको देशभर २०० वटा एटीएममार्फत् ग्राहक महानुभावहरुलाई सेवा प्रदान गरिरहेको छ ।

Publish on: