प्रचण्ड-माधव नेपालनिकट ७ मन्त्रीद्वारा राजीनामाको घोषणा « Eglish Khabarhub

प्रचण्ड-माधव नेपालनिकट ७ मन्त्रीद्वारा राजीनामाको घोषणा



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा प्रतिनिधिसभा बिघटन गर्ने निर्णय गरेसँगै ओली सरकारमा ७ जना मन्त्रीले राजीनामा दिने घोषणा गरेका छन् ।

७ जना मन्त्रीहरुले संसद्को विकास समितिको हलमा सयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिने घोषणा गरेका हुन् ।

राजीनामा घोषणा गर्ने मन्त्रीहरुमा शिक्षामन्त्री गिरिराजमणी पोखरेल, ऊर्जा तथा जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन,  बनमन्त्री शक्ति बस्नेत, कृषिमन्त्री घनश्याम भुषाल, पर्यटनमन्त्री योगेश भट्राई, श्रममन्त्री रामेश्वर यादव, खानेपानीमन्त्री बिना मगर रहेकी छन् । जसमा भुषाल र भट्राई माधव नेपाल निकट हुन् भने अरु प्रचण्ड निकट हुन् ।

प्रचण्ड निकट भनिएका गृहमन्त्री रामबहादुर थापा र उद्योग वाणिज्यमन्त्री लेखराज भट्टले भने राजीनामा दिएका छैनन् । अहिले थापा र भट्ट प्रधानमन्त्री ओली निकट बनेका छन् । 

Publish on: