काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को पाँच महिनाको अवधिमा बीरगञ्ज भन्सार कार्यालयबाट माद्दत्रै ३७ हजार ६ सय ६१ मोटरसाइकल आयात भएको छ ।
वीरगञ्ज भन्सार कार्यालयको तथ्याङ्कअनुसार साउनदेखि मंसिरसम्मको समय अवधिमा उक्त मरिमाणमा मोटरसाइकल आयात भई ४ अर्ब २३ करोड ९७ लाख सरकारले राजश्व संकलन गरेको छ ।
आर्थिक वर्ष २०७६/७७ मा पाँच महिनाको अवधिमा ४३ हजार ५ सय ७२ मोटरसाइकल आयात भएको थियो । गत वर्ष सोही अवधिसम्ममा आयात भएको मोटरसाइकलको चालु आवसँग तुलना गर्दा ५ हजार ९ सय ११ ले कमी आयात भएको तथ्याङ्कले उल्लेख गरेको छ ।
त्यस्तै, चालु आवको पाँच महिनामा जीप, कार र भ्यानहरू गत वर्षको तुलनामा निकै कम आयात भएको छ । जसमा गत वर्ष ४२ सय ५१ वटा आयात भएको थियो भने चालु आवको सोही अवधिमा २५ सय ७८ वटा जीप, कार तथा भ्यान आयात भएको छ ।
साथै, पाँच महिनाको समय अवधिमा वीरगञ्ज भन्सारबाट डबल-क्याव पीकअप गाडी ५०६ वटा, ट्रक, मिनी ट्रक ४८० वटा, सिङ्गल क्याव पीकअप गाडी ५६२ वटा, ब्रुरमर ५ वटालगायत अन्य विभिन्न प्रकारका मिनीबस, गाडीहरू आयात भएको छ ।
तर, गत वर्षको सोही अवधिको तुलनामा भने निकै कम सवारी साधन आयात भएको वीरगञ्ज भन्सार कार्यालयको तथ्याङ्कले देखाउँदछ ।
मंसिरमा ५ हजार बढी मोटरसाइकल आयात
चाल आव मंसिर महिनामा ५ हजार ८ सय ६३ वटा मोटरसाइकल आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयको तथ्याङ्कअनुसार मंसिर महिनाको सो मोटरसाइकल आयात भई ६२ करोड १९ लाख राजश्व संकलन गरेको छ ।
आव २०७७/७६ को मंसिर महिनामा ४ हजार १४ वटा मात्रै मोटरसाइकल आयात भएको थियो । तर, चालु आवको सोही अवधिमा भने गत वर्षको तुलनामा १८ सय ४९ वटाले बढी आयात भएको देखिन्छ ।
त्यसैगरी, कोरोना भाइरसले गर्दा बजार शिथिल भएको अवस्थामा पनि उक्त भन्सार कार्यालयबाट ५ सय ३५ वटा जीप, कार तथा भ्यानहरू आयात भएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा १ वटाले बढी आयात भएको छ ।
त्यसैगरी, डबल-क्याव पीकअप गाडी ५९ वटा, ट्रक, मिनी ट्रक चेसिसहरू ३५, सिङ्गल- क्याव पीकअप गाडी १११, अटोरिक्सा टेम्पो ७३, टेक्टर १८०० सिसिभन्दा बढीको ४७७ वटा, कंक्रिट मिश्रण लहरी ६ वटा, मिनिबस ५ वटा, पीकअप गाडी चेसिस १ वटा आयात भएको छ ।
SHARE YOUR THOUGHTS