काठमाडौं । कारोबारको सुरुमा निकै सुधार आएर यसअघिको रेकर्ड तोडेपनि अन्तिसम्म त्यो सुधार सेयर बजारमा कायम हुन सकेन ।
कारोबारको सुरुदेखि नै बढेको बजारले यसअघिको २०७१.०३ अंकको रेकर्डलाई ब्रेक गरेर २१२७.२३ बिन्दुमा पुगेको थियो । त्यसपछि पहिरो आएको बजार अन्तिम समयमा नेप्से मापन गर्ने सूचक ७.०४ अंकले बढेर २०६८.४५ बिन्दुमा रोकिएको छ ।
२०३ कम्पनीको १ करोड १५ लाख ५८ हजार ९९१ कित्ता सेयर ६ अर्ब ८६ करोड २४ लाख ४५ हजार २१५ रुपैयाँको सेयर किनबेच भएको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सूचक १.२४ अंकले घटेर ३९०.५१ बिन्दुमा रोकिएको छ । बैंकिङ समूहको उपसूचक २४.२७, जीवन बीमा समूहको उपसूचक ३९४.०७ अंकले बढेको छ । यस्तै कारोबारमा विकास बैंक १७.७६, निर्जीबन बीमा ५३.०५, उत्पादन तथा प्रशोधन २४.६५, माइक्रोफाइनान्स समूहको उपसूचक ३०.९३ अंकले घटेको छ ।
कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । इन्स्योरेन्सको १ अर्ब ४३ करोड ४४ लाख ९९ हजार ४९६ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा नेशनल लाइफ र एनआईसी एशिया बैंक रहेका छन् ।
नबिल बैंकको कारोबारमा सकारात्मक सर्किट लागेको छ । यो दिन समृद्धि फाइनान्स, नेशनल लाइफ इन्स्योरेन्स, फर्वाड कम्युनिटी फाइक्रोफाइनान्स वित्तीय संस्था, मेगा बैंकका लगानीकर्ताले कमाउँदा नारायणी डेभलपमेन्ट बैंक, यूनाइटेड इदी मार्दी आरबी हाईड्रोपावर, आरएमडिसी लघुवित्त वित्तीय संस्था, माउन्टेन हाईड्रो नेपालका लगानीकर्ताले गुमाएका छन् ।
SHARE YOUR THOUGHTS