पल्सर स्पोर्टस अर्वाडलाई सम्झौता, मुख्य सह-प्रायोजकमा डिसहोम « Eglish Khabarhub

पल्सर स्पोर्टस अर्वाडलाई सम्झौता, मुख्य सह-प्रायोजकमा डिसहोम



काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने पल्सर स्पोर्टस अवार्ड २०७६ को मुख्य सह–प्रायोजन डिश मिडिया नेटवर्क लिमिटेडले गर्ने भएको छ ।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले बुधबार डिस मिडिया नेवकर्ट लिमिटेडसँग मुख्य सह–प्रायोजकको लागि सम्झौता गरेको छ ।

सम्झौतापत्रमा मञ्चका महासचिव प्रज्वल ओली र डिश मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदिप आचार्यले हस्ताक्षर गरेका छन् ।

मुख्य सह–प्रायोजन गरेबापत डिस मिडियाले अवार्ड कार्यक्रमलाई नगद र जिन्सी गरी ११ लाख रुपैयाँ बराबरको सहयोग गर्नेछ । सम्झौतापछि डिश मिडियाका प्रबन्ध निर्देशक आचार्यले अवार्डसँग जोडिन पाउँदा खुसी लागेको बताए ।

मञ्चले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली खेलकुद चिनाउन सफल खेलाडी, प्रशिक्षक, खेलकर्मी र संस्थालाई सम्मान गर्ने ‘पल्सर स्पोट्र्स अवाड’को १७औं संस्करण यसवर्ष पुस २८ गते आयोजना हुँदैछ ।

अवार्ड अन्तर्गत मञ्चले गत साता पिपुल्स च्वाइस विधाको मनोनयन सार्वजनिक गरिसकेको छ । जस अन्र्तगत पौडीकी गौरिका सिंह, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र कराँतेका मण्डेकाजी श्रेष्ठ मनोनयनमा परेका छन् ।

वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा तथा उत्कृष्ट प्रशिक्षक विधाको मनोनयन केही दिनमै सार्वजनिक गरिने आयोजकले जनाएको छ । मञ्चले लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड र टिम अफ दी इयर अवार्डको घोषणा अवार्ड कार्यक्रमकै दिन गर्नेछ ।

Publish on: