५ महिनामा ९ प्रतिशतले आयात घट्दा ५ प्रतिशतले निर्यात बढ्यो « Eglish Khabarhub

५ महिनामा ९ प्रतिशतले आयात घट्दा ५ प्रतिशतले निर्यात बढ्यो



काठमाडौं । चालु आर्थिक २०७७÷७८ को पाँच महिनाको अवधिमा ९.५९ प्रतिशतले आयात घटेको छ । चालु आवको साउनदेखि मंसिर महिनासम्ममा ५ खर्ब २५ अर्ब ४९ लाख ८१ लाखको वस्तु आयात भएको छ । गत वर्ष सोही अवधिमा ५ खर्ब ८१ अर्ब २५ करोड ७१ लाख आयात भएको थियो । जुन यो वर्षको तुलनामा ९ प्रतिशतले कमी हो ।

भन्सार विभागको तथ्याङ्क अनुसार मंसिरसम्ममा ५.१२ प्रतिशतले निर्यात बढेको देखाउँदछ । उक्त तथ्याङ्क अनुसार पाँच महिनाको अवधिमा ५० अर्ब ५ करोड ५६ लाख वस्तु निर्यात भएको छ । साथै, गत वर्षको सोही अवधिमा ४७ अर्ब ६१ करोड ६८ लाख वस्तु निर्यात भएको थियो ।

त्यस्तै, पाँच महिनासम्मको अवधिमा वैदेशिक व्यापार घाटा ४ खर्ब ७५ अर्ब ४४ करोड २५ लाख रहेको छ । गत वर्ष नेपालले ५ खर्ब ३३ अर्ब ६४ करोड २ लाख वैदेशिक व्यापार घाटा व्यहोर्नुपरेको थियो । जुन गत वर्षको तुलनामा १०.९१ प्रतिशत कम घाटा व्यहोरेको तथ्याङ्कले उल्लेख गरेको छ ।

त्यसैगरी गत वर्षको तुलनामा आयात निर्यातमा १४ प्रतिशतको अनुपातमा कम रहेको विभागले जनाएको छ ।

Publish on: