सिजी कम्पनीले ल्यायो ‘हर मौसममा बचत’ योजना « Eglish Khabarhub

सिजी कम्पनीले ल्यायो ‘हर मौसममा बचत’ योजना



काठमाडौं । नेपालको सबैभन्दा ठुलो इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले सबै ग्राहक बर्गहरुका लागी ‘हर मौसममा बचत’ नामक योजना ल्याएको छ । उक्त योजना जाडो मौसममा जीवन सरल, सहज बनाउदै विधुतमा पनि वचत गराउनु उद्देश्यका साथ योजना ल्याएको हो ।

साथै, कम्पनीले जाडो र गर्मी दुबै मौसममा प्रयोग गर्न मिल्ने, कम विधुत खपतका एसीहरु बजारमा उपलब्ध गराइएको छ । सबै किसिमको मौसममा उपयुक्त हुने एसी अहिले विशेषत बढ्दो जाडोलाई मध्यनजर गर्दै उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

बजारमा अधिक एसीको प्रयोगले गर्दा जाडो मौसममा विधुतको शुल्क अधिक आउने गरेको र यसले ग्राहकहरुलाई जाडो सहनु पर्ने वा चर्को शुल्कतिर्न वाध्य बनाउछ । तर सिजी इन्भर्टरका एसीका साथ यस जाडोमा ग्राहकहरुले न्यानो प्राप्त गर्नुका साथै विधुतमा वचत पनि गर्ने कम्पनीको दाबी छ ।

सिजी ब्राण्डका इन्र्भटर एसीहरु किफायतीदाममा बजारमा उपलब्ध छन । सिजी ब्राण्डका जाडोमा प्रयोग हुने घरायसी समानहरु उच्च गुणस्तरको भरपर्दो र टिकाउ रहेको कम्पनीको भनाइ छ ।

सिजीका एसीहरु तीन प्रकारमा विभाजन गरिएको छ । जसमा इन्र्भटर वाल माउन्ट, स्प्लिट टाईप एसी, अन अफवाल माउण्न स्प्लिट टाईप एसी र सिलिङ क्यासेट टाईप एसी रहेका छन् । यी एसीहरु ०.७५ टन देखि ३.० टन सम्म उपलब्ध भएको कम्पनीले जनाएको छ ।

सिजीका एसीहरुमा ५ वर्षको वारेण्टी पाउनुका साथै काठमाडौं क्षेत्रभित्रमा २४ घण्टा भित्रनै जडान गरिदिने व्यवस्था पनि रहेको छ ।

Publish on: