मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा अनलाइन सपिङ सेवा, घरमै बसेर सामान किन्न सकिने


कञ्चनपुर। सुदूरपश्चिम क्षेत्रमा पहिलो पटक अनलाइन सपिङ सेवा सञ्चालनमा ल्याइएको छ ।

कञ्चनपुरको महेन्द्रनगरमा अनलाइनबाट विद्युतीय सामान खरिद बिक्रीका लागि इ–कमर्सियल साइट एमबिजियो डटकमको सुरुवात गरिएको हो ।

ग्राहकले बेवसाइटमा नाम रजिस्ट्रर गरेर आफूलाई आवश्यक पर्ने सामानको अर्डर गर्नसक्ने अनलाइन सपिङ सेवाका संस्थापक सन्तोष खत्रीले बताए।

‘ग्राहकको समय र पैसा दुवै बचाउने उद्देश्यका साथ अनलाइनमार्फत घरमै बसेर सामान किन्न सकिने र किनिसकेको सामान ग्राहकको हातमा पुगेपछि मात्र पैसा तिर्नुपर्ने व्यवस्था रहेको छ,’ खत्रीले भने।

इन्टरनेटको माध्यमबाट सजिलै घरमै बसेर आफूलाई मन पर्ने इलेक्ट्रिोनिक सामान र नयाँनयाँ बजारमा भर्खरै चलेका सामान अनलाइनबाटै खरिद गर्न सकिने व्यवस्थाले ग्राहकलाई बजारसम्म पुगेर सामान खोज्नुपर्ने अवस्थाको अन्त्य भएको उनले बताए ।