काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेडले पुस १३ गते सोमबारदेखि साप्ताहिक भिडियो म्यागजिन ‘सग्लो समाज’ प्रसार गर्ने भएको छ ।
हिमाल मिडियाले निर्माण गरिरहेको सो म्यागजिन पत्रकार तथा लेखक कनकमणि दीक्षितले प्रस्तुत गर्ने बताइएको छ ।
सो म्यागजिन डिश होमको सरोकार च्यानल ९१३०० मा राती साढे ८ बजे प्रसार हुन्छ । सग्लो समाजु को पहिलो अंकमा विदेशी शक्तिका लागि लडाइँ लड्दा गोरखाली सिपाहीले पाएको दुःखको विषय मूलतः उनै सिपाहीका अभिव्यक्तिमा आधारित भएर प्रस्तुत गरिएको छ ।
देशभित्रै निर्माण गरिएका कार्यक्रम बढाउँदै लैजाने नीति अनुरूप हिमाल मिडियासँग समझदारी भएअनुसार यो कार्यक्रम प्रसार हुन लागेको हो, डिश मिडियाका अध्यक्ष हेमराज ढकाल भन्छन् ।
सग्लो समाजु मा हामीले चिन्तन गर्नुपर्ने, चिन्ता लिनुपर्ने र समाजलाई उत्साहित बनाउने विषयलाई म्यागजिनको ढाँचामा प्रस्तुत गरिनेछ, हिमाल मिडियाका प्रकाशक तथा यो कार्यक्रमका प्रस्तोता कनकमणि दीक्षितले बताए ।
डिसहोम, विगत १० वर्ष देखि पे टिभी इन्डस्ट्रीमा आफ्नो वेग्लै पहिचान बनाई नेपालभर आफ्नो गुणस्तरीय सेवा प्रदान गरिरहेको सफल संस्था हो । यसले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टेलिभिजन च्यानलहरुका अलावा ग्राहकहरुको मनोरञ्जनका लागि विशेष च्यानलहरुका साथै घरमै बसि नयाँ नयाँ चलचित्र हेर्न सकिने पेपरभ्यु जस्ता सेवा प्रदान गरिरहेको छ ।
SHARE YOUR THOUGHTS