विदेशबाट सामान नआएपछि स्वदेशी तयारी पोशाकको माग बढ्यो, माग धान्न गाह्रो « Eglish Khabarhub

विदेशबाट सामान नआएपछि स्वदेशी तयारी पोशाकको माग बढ्यो, माग धान्न गाह्रो


१६ पुस २०७७, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । कोरोना भाइरस महामारीले गर्दा करिब ९ महिना बन्द भएको नाका हालसम्म पनि सहज हुन सकेको छैन । नाका बन्द भएपछि खाद्यान्नसँगै तयारी पोशाक पनि आयात हुन सकेको छैन ।

जसले गर्दा स्वदेशी उत्पादनलाई भने निकै फाइदा पुगेको छ । विगतका दिनमा आयातित तयारी पोशाक बजारमा बढी आपूर्ति हुँदै आएकोमा कोरोनाका कारण भने स्वदेशमै उत्पादित तयारी पोशाकको माग बढेको हो ।

नेपालमा खासगरी अधिकांश तयारी पोशाक चीन र भारत र अन्य मुलुकबाट भित्रिन्छ । विगतका दिनमा खुल्ला नाका भएकाले भन्सार छली गरेर आयात गर्ने सामग्रीमा पनि पूर्ण बन्देज छ । तर, कोरोना भाइरस महामारीका कारण नाकाका कडाइ भएपछि बजारमा भने तयारी पोशाकको माग स्वदेशी उत्पादनबाट हुँदै आएको छ ।

तयारी पोशाक चीन र भारतबाट भित्रिने भएकाले आयातकर्ताहरूले मौसम अनुसारको पोशाक आयात गर्नका लागि करिब एक महिना अगावै अर्डर गर्नुपथ्र्यो । त्यही अनुसार अर्डर गरेर बजारमा मौसम अनुसारको तयारी पोशाक ल्याई आपूर्ति गर्दै आएकोमा यो वर्ष भने स्वदेशी उत्पादनले बजार धानिरहेको छ ।

यो वर्ष आयातकर्ताहरूले गर्मीयामको लागि सबै अर्डर गरेकोमा कोरोनाले गर्दा उक्त सामान नाकामै अड्किएको आयातकर्ताहरूले बताएका छन् । त्यस्तै, बजारमा मौसमअनुसार तयारी पोशाक आवश्यक हुँदा यो वर्ष स्वदेशमै उत्पादित तयारी पोशाकले धानिरहेको मनकामना गार्मेन्ट उद्योगका बजार प्रवन्धक सुमित प्रधानले जानकारी दिए । उनका अनुसार तयारी पोशाकमा आयात बन्द भएसँगै नेपाली बजारमा स्वदेशी तयारी पोशाकको व्यापार चम्केको छ ।

लामो समयको बन्दाबन्दीले गर्दा भारत र चीनबाट तयारी पोशाकको आयात बन्द हुँदा स्वदेशी उत्पादनको माग बढेसँगै व्यवसायी उत्साहित भएको उनको भनाइ छ ।

‘कोभिडपछि अधिकांश सामग्री आयात हुन सकेको सकेको छैन । बजारमा मौसम अनुसार आवश्यक तयारी पोशाक नेपालमा ल्याउन नसेको अवस्थामा प्रत्यक्षरुपमा नेपाली गार्मेन्ट उद्योगलाई सहज भएको छ,’ उनले भने ।

बजारमा तयारी पोशाकको हाल माग बढ्दै गएको छ । साथै, पछिल्लो समय नेपालमा उत्पादित तयारी पोशाकले नै बजार धान्न सकिने अवसार प्राप्त भएको उनको भनाइ छ ।

‘यदि नेपालमा उत्पादित तयारी पोशाकलाई नै प्राथमिकता दिएर अगाडि बढ्न सक्यौं भने विदेशबाट आयात गर्नुपर्ने जरुरी छैन,’ उनले क्लिकमान्डूसँग भने, ‘तर, सामान्य अवस्था हुने वित्तिकै आयात गर्न थालेपछि नेपाली उत्पादित कपडाले बजार नपाउने हुन्छ ।’

उनको कम्पनीले गुफी ब्रान्डका तयारी पोशाक उत्पादन गर्दै आएकोमा अहिले अत्यधिक माग आउन थालेको बताए ।

त्यसैगरी, दैनिक ३ हजारदेखि ५ हजारसम्म तयारी पोशाक उत्पादन गर्दै आएको अहिले माग उच्च रहेको थ्रेड गार्मेन्ट कम्पनीका सञ्चालक कृष्ण राज तिमल्सिनाले जानकारी दिए ।

उनका अनुसार कोरोनाले गर्दा नेपाली उत्पादनले नै बजार धान्न सकिन्छ भन्ने देखाउन सक्ने अवसर प्राप्त भएको बताए । हाल करिब ४ सयभन्दा बढी श्रमिकलले दैनिक रुपमा उत्पादन गरिरहेको सम्पूर्ण उत्पादित पोशाक पूर्ण रुपमा बिक्री हुने उनको भनाइ छ ।

माग आपूर्ति गर्नै धौधौ
कोरोनाले गर्दा ठप्प भएको नाका हालसम्म सहज हुन सकेको छैन । तर, नाका बन्द भएसँगै नेपाली बजारको उद्योगलाई भने माग धान्न नै धौधौ रहेको व्यवसायीहरू बताउँछन् ।

हाल बजारमा तयारी पोशाकको आयात ठप्प भएसँगै नेपाली बजारकै उद्योगले धानिरहेका छन् । साथै, बजारमा माग गरे अनुसार व्यवसायीले आपूर्ति गर्न नसकेको पनि उनीहरूको गुनासो छ ।

‘विगतको दिनमा उत्पादन भएको सामाग्री बिक्री नभएर धेरै स्टकमा बस्ने गथ्र्यौ । तर, यो वर्ष विगतको स्टकमा बिक्री भएर पनि दैनिकरुपमा उत्पादन भएको तयारी पोशाकको कुनै स्टक बस्दैन,’ थ्रेड गार्मेन्टका सञ्चालक तिमल्सिनाले भने ।

त्यसैगरी , कतिपय व्यवसायीहरूले माग गरे अनुसार कच्चा पदार्थ प्राप्त गर्न नसक्दा बजारमा व्यवसायीहरूको माग पनि आपूर्ति गर्न नसक्ने अवस्थामा पुगेको उनीहरूको भनाइ छ । कोरोनापछि तयारी पोशाकको माग उच्च भएकाले यस क्षेत्रमा आबद्ध भएका व्यवसायीलाई अवसर प्राप्त भएको उनीहरूको बुझाइ छ ।

स्वदेशी उत्पादनमा जोड दिई आयातमा कडाई गर्नुपर्छ– महासंघ
बजारमा स्वदेशी उत्पादनले आत्मनिर्भर बनाउनुको मूल्य भूमिका नै लकडाउन रहेको छ । कारोनाका कारण लामो समयसम्म आयात गर्न नपाउँदा नेपाली उद्योगले नै तयारी पोशाकको आपूर्ति गर्न सक्नु सबैभन्दा सकारात्मक पक्ष रहेको नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष चण्डी प्रसाद अर्याल बताउँछन् ।

उनका अनुसार करिब ९० प्रतिशत बजारमा धानिरहेको अवस्थामा अबको दिनमा तयारी पोशाक आयातमा कडाइ गर्नुपर्ने बताए ।

‘विगतको दिनमा स्वदेशी उत्पादन गरेता पनि बर्षौको स्टक उद्योगमा हुन्थ्यो,’ उनेले क्लिकमान्डूसँग भने, ‘हाल कोरोनाले गर्दा आयातित तयारी पोशाक ल्याउन नसक्दा स्वदेशी उत्पादनले धानिरहेको छ । त्यसैले सरकारले आगामी दिनमा स्वदेशी उत्पादनमा जोड दिई आयातमा कडाई गर्नुपर्छ ।’

त्यसैगरी, संघले भन्दा पनि बढी सरकारले यस विषयमा चासोका साथ हेर्न आवश्यक रहेको उनले सुझाए । व्यवसायीहरूले करिब ६ वर्ष अगाडि नै तयारी पोशाक आयातमा भन्सार कर बढाउन आग्रह गरेको थियो ।

यसबाट नेपाली गार्मेन्ट उद्योगीहरूलाई प्रोत्साहन गर्नको लागि आयातितमा कर बढाउन आग्रह गरे पनि हालसम्म सम्बोधन नभएको उनको गुनासो छ । तर, हाल तयारी पोशाक बजारमा आयात हुन नसक्दा स्वदेशी गार्मेन्टले धानिरहेको अवस्थामा यो निकै उदाहरणीय काम भएको उनको भनाइ छ ।

आगामी दिनमा स्वदेशी उत्पादन प्रोत्साहनको लागि के गर्दा ठीक हुने र त्यसका लागि सरकारले कदम चाल्नुपर्ने उनले बताए । जसमा कच्चा पदार्थ अधिकांश विदेशबाट आयात भएकाता पनि उक्त कच्चा पदार्थको सही सदुपयोग भई खपत गर्न सक्नु सबैभन्दा ठूलो उपलब्धि रहेको उनले जानकारी दिए ।

तर, कच्चा पदार्थ ल्याएर बजारमा आयात तयारी पोशाकसँग प्रतिस्पर्धा गर्न भने निकै चुनौती रहेको उनी बताउँछन् । त्यसैले आयातित तयारी पोशाक भन्दा केही मात्राले स्वदेशी उत्पादन महंगो पर्ने उनको बुझाइ छ ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहिबार ००:००  ११ : १२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping