आईएमई लाइफको ब्राण्ड एम्बासडरमा मनिषा कोइराला नियुक्त « Eglish Khabarhub

आईएमई लाइफको ब्राण्ड एम्बासडरमा मनिषा कोइराला नियुक्त



काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ब्राण्ड एम्बासडरमा अभिनेत्री मनिषा कोइराला नियुक्त गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँल र मनिषा कोइरालाले राजधानी काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकाबीच सम्झौता पत्रमा हस्ताक्षर गरे ।

कोइरालाले जीवन बीमाको निक्कै ठूलो महत्व रहेको औंल्याउँदै नेपाली जनताहरुलाई आर्थिक सुरक्षा प्रदान गरि देशैभरी छरिएर रहेको पुँजिलाई एकीकृत गरि राष्ट्र निर्माणमा टेवा पुर्याउने अवधारण बोकेको आईएमई. लाइफसँग साझेदारी गर्न पाउँदा खुसी व्यक्त गरिन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले मनिषा कोइरालासँग सहकार्य गर्न पाउँदा उत्साही भएको बताए ।

‘उहाँ दृढ विश्वासी, क्षमतावान, प्रेरणाको स्रोत, भरोसायोग्य, अग्रणी, सरल, आत्मविश्वासले भरिएको तथा हरेक नेपालीका लागि आदर्श हुनुहुन्छ, जुन यो सहकार्यको भित्री अभिप्राय हो,’ उनले भने ।

कम्पनीले यो सम्झौता २०७७ पुस २४ गतेबाट लागू हुनेगरी हस्ताक्षर गरिएको जनाएको छ ।

त्यसैगरी डिजिटल प्रविधिमार्फत् सेवा उपलब्ध गर्ने क्रममा आजकै मितिबाट ‘आईएमई साथ बोट’ नामबाट विश्वका कुनैपनि कुनाबाट कम्पनीका सेवा सम्बन्धमा जानकारी लिनसक्ने र अनुरोध समेत पठाउन सकिने गरी निर्माण गरिएको च्याटबोट प्रणालीको औपचारिक रुपमा शुरुवात गरिएको छ ।

Publish on: