सेयर बजारले तोड्यो लगानीकर्ताको मनोवैज्ञानिक घेराः डेभलपमेन्ट बैंक, बीमा, माइक्रोफाइनान्सको साथ « Eglish Khabarhub

सेयर बजारले तोड्यो लगानीकर्ताको मनोवैज्ञानिक घेराः डेभलपमेन्ट बैंक, बीमा, माइक्रोफाइनान्सको साथ



काठमाडौं । दैनिक रुपमा नयाँ नयाँ रेकर्ड बनाउँदै गएको सेयर बजारले लगानीकर्ताको २३ सय बिन्दुको मनोविज्ञानलाइ पनि पार गरेको छ ।

साताको पहिलो दिन नेप्से मापन गर्ने सूचक २८.४६ अंकले बढेर २३१५ बिन्दुमा रोकिएको छ । २०८ कम्पनीको १ करोड ५० लाख ३५ हजार २२१ कित्ता सेयर ६ अर्ब ३७ करोड ४२ लाख ६७ हजार ७८२ रुपैयाँमा किनबेच भएको छ ।

कारोबारमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ८.१७ अंकले बढेर ४४३.४२ बिन्दुमा रोकिएको छ । कारोबारमा बैंकिङ समूहको उपसूचकमा भने खासै सुधार देखिएको छैन । बैंकिङ समूहको उपसूचक १.०१ अंकले मात्रै बढेको छ ।

आइतबारको कारोबारमा ट्रेडिङ २३२.९७, होटल १६.८७, विकास बैंक ११०.०१, निर्जीबन बीमा ७८.०५, उत्पादन तथा प्रशोधन ४९.८२, माइक्रोफाइनान्स ११५.५५, जीवन बीमा समूहको उपसूचक २२१.०१ अंकले बढ्दा उर्जा समूहको उपसूचक ७.२ अंकले बढेको छ ।

कारोबार रकमको आधारमा नेपाल दुरसञ्चार कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको ५८ करोड १० लाख १२ हजार रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा एनआईसी एसिया बैंक र सिभिल बैंक रहेको छ ।

Publish on: