काठमाडौं । आइतबार पनि सेयर बजार उकालो लाग्ने क्रम जारी छ । बजार खुलेदेखि बढ्न थालेको बजारमा आइतबारको कोरोबार बन्द हुँदासम्म ५०.२० अंकले बढेर नेप्से परिसूचक २४२४.८४ अंकमा पुगेको छ ।
कारोबार रकमका हिसाबले पनि आइतबार बजारमा ९ अर्ब ३७ करोड ६० लाख ५३ हजार रुपैयाँभन्दा बढी सेयर किनबेच भएको छ । आइतबार ट्रेडिङ बाहेकका सबै सूचकमा हरियो देखियो ।
कारोबारमा ४ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ । गुँरास लाइफ इन्स्योरेन्स, गरिमा विकास लघुवित्त, पोखरा फाइनान्स र मिथिला लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
त्यसैगरी मर्जरको चर्चासँगै एनसीसी बैंकको सेयर मूल्यमा पनि बढोत्तरी देखिएको छ । आइतबार बैंकको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ । आजको कारोबारमा १३४ वटा कम्पनीका लगानीकर्ताले कमाए भने ५९ वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन् । साथै १४ वटा कम्पनीको सेयर मूल्य स्थिर देखिएको छ ।
प्रतिक्रिया