काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य भरतराज आचार्यको सभापतित्वमा गठन भएको उद्योग समिति विस्तार भएको छ । समितिको सहसभापतिमा महासंघको कार्यकारिणी समिति सदस्य सुशिल थापा चुनिनु भएको भएको छ ।
समितिका सदस्यहरुमा पंचकन्या ग्रुपका उज्जवल श्रेष्ठ, प्लाष्टिक तथा टेक्सटायल इण्डष्ट्रिजका वीरेन्द्र साह, पेट्रोकेमिकल तथा नेपाल ग्यास इण्डष्ट्रिजका गोकुल भण्डारी,स्ट्राटेजिक म्यानेजमेन्ट एक्सपोर्टका आशिष शर्मा, प्रगति टेक्सटाइलका जीतेन्द्र लोहिया, नेपाल बोटल वाटर इण्डष्ट्रिज एशोसिएसनका अध्यक्ष सुवाष भण्डारी, नेपाल औषधि उत्पादक संघका विप्लभ अधिकारी चुनिएका छन् ।
समितिको आमन्त्रित सदस्यहरुमा महासंघको कर तथा राजस्व समितिका सभापति संदीपकुमार अग्रवाल, न्यौपाने एण्ड ल एशोसिएटका अंजन न्यौपाने, नेपाल लिभर लिमिटेडका प्रतिक श्रीवास्तव, एसआर स्टीलका सुरज उप्रेती, नेपाल पश्मिना उद्योग संघका धन प्रसाद लामिछाने, ट्रान्सवेल्ड नेपाल प्रालिका अमुल श्रेष्ठ, यति डिष्टिलरीका अभिशेक श्रेष्ठ, एचडि इण्डष्ट्रिजका ईश्वर जी.सी,. मारुती फर्माका प्रभात रुङटा, बबरमहल हेरिटेजका विराट शम्शेर जवरा, फुटवेयर इण्डष्ट्रिज एसोसिएसनका कृष्ण फुयाल, रामेछाप उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष पशुपति बहादुर खड्का, तुलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विमल रिजाल र चार्टर्ड एकाउन्टेन्ट विशेषविभु आचार्य चुनिएका छन् ।
त्यसैगरी समितिको सल्लाहकारहरुमा अग्नि सिमेन्टका डा. ई. तारा पोखरेल, ॐ ग्यासका हरिप्रसाद पाठक, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व कार्यकारिणी समिति सदस्यद्वय रामशरण थपलिया र शैलेन्द्रलाल प्रधान र सम्राट सिमेन्टका मुकुन्द तिमिल्सिना रहेका छन् ।
समितिको पहिलो बैठकलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले व्यवसाय लागत घटाउन नसकेसम्म उद्योग व्यवसायलाई प्रतिस्पर्धी बनाएर लैजान नसकिने भन्दै व्यवसाय लागत घटाउनेतर्फ सिंगो राज्यको ध्यान जानुपर्नेमा जोड दिए । नेपालका उद्योग धन्दाका समस्या करिव सात दशकअघिकै सेरोफेरोमा रहेको तुलनात्मक लाभका क्षेत्रहरुमै उद्योगधन्दा विकास गर्नुपर्ने धारणा राखे ।
महासंघको उद्योग समितिको गहन जिम्मेवारी भएकाले मुलुकभित्र उद्योग व्यवसायको कार्यक्रममा महासंघका उपाध्यक्षहरु दिनेश श्रेष्ठ, अंजन श्रेष्ठ र रोजगारदाता परिषदका सभापति एवं पदेन उपाध्यक्ष रामचन्द्र संघईको उपस्थिति रहेको थियो ।
कार्यक्रम पश्चात समितिका सभापति आचार्यको अध्यक्षतामा वसेको बैठकले उद्योगसंग सम्बन्धित नीतिगत सुधार, अनुसन्धान तथा तथ्यांक विश्लेषण, कोभिड लगायत अन्य कारणबाट थला परेका उद्योग संचालनका लागि तत्काल संवोधन हुनुपर्ने इस्यूहरूमा काम गर्दै जाने निर्णयहरू गरेको छ ।
SHARE YOUR THOUGHTS