काठमाडौं । अध्यागमन विभागले अनअराइभल भिसा खुला गरेको छ ।
विभागका अनुसार कुटनीतिक÷औपचारिक राहदानी वाहक तथा युएन लाइजेज पासर बाहक, नेपालमा रहेका युएन एजेन्सी तथा अन्य अन्तर्राष्ट्रिय संस्थाबाट कार्यरत विदेशीहरु, नेपाली मूलका विदेशी वा नेपालीसँग नाता सम्बन्ध भएका वा गैर आवासीय नेपाली नागरिकलाई अनअराइभल भिसा दिइनेछ । उनीहरुले अब पूर्वस्वीकृति लिनुपर्ने छैन ।
नेपालको भिसा भएका विदेशी नागकिरलाई आगमन अनुमति दिइने छ भने भिसा नभएका विदेशीहरुले विदेशस्थित नेपपाली नियोगहरुबाट भिसा लिएर मात्रै नेपाल आउन सक्नेछन् ।
भिसा लिए आउन सम्भव नभएमा सम्बन्धित सरकारी निकायको सिफारिस वा पूर्व स्वीकृति पेश गरेमा मात्र आगमन विन्दुमा भिसा प्रदान गरिनेछ ।
विदेशी नागरिकहरुले नेपाल सरकारको पूर्व स्वीकृति बिना स्थलमार्गबाट नेपाल प्रवेश गर्न भने पाउने छैनन् । सबै विदेशीहरुले यात्रा शुरु गर्नु पूर्व ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य रुपमा पेश गर्नुपर्ने छ भने ५ वर्ष मुनीका बालबालिकाहरुलाई त्यस्तो रिपोर्ट अनिवार्य हुने छैन ।
विदेशस्थित नेपाली नियोगबाट जारी हुँदै आएका पर्यटक भिसा पूर्ववत् रुपमा जारी हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्