१ पुस २०८२, मंगलबार

नेपाल बैंकको लाभांश र अध्यक्ष बासुदेवको राजीनामा प्रकरणः गभर्नरले गरे अर्थमन्त्रीको बचाउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल बैंकको लाभांश घटाउने र बैंकका अध्यक्ष बासुदेव अधिकारीको राजीनामा प्रकरणका सम्बन्धमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री विष्णु पौडेलको बचाउ गरेका छन् ।

नेपाल बैंकका अध्यक्ष बासुदेव अधिकारीले लाभांश वितरणमा सरकारले हस्तक्षेप गरेको भन्दै राजीनामा दिएको विषयमा गभर्नर अधिकारीले अर्थमन्त्रीको बचाउ गरेका हुन् ।

आइतबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले लाभांशका सम्बन्धमा ऐनले दिएको नियामकीय इकाइहरुले गर्ने कामबीच कम्युनिकेशन ग्याब भएकाले यो अवस्था आएको जिकिर गरे ।

गभर्नरले नेपाल बैंकका अध्यक्ष बासुदेव अधिकारीलाई असजिलो भएकाले छाडेको तर्क गरे ।

नेकपा विभाजनको शिकार बने नेपाल बैंकका अध्यक्ष बासुदेव अधिकारी, लाभांश संसोधन नहुने

‘उहाँको अध्यक्षतामा बैंकले राम्रो गरिरहेको थियो, लाभांशको स्वीकृतिको विषयमा अर्थमन्त्रालय र राष्ट्र बैंकले बसेर कुरा पनि गरेका छौं,’ उनले भने, ‘उहाँलाई काम गर्न असजिलो भएकाले राजीनामा दिनुभएको हुनसक्छ ।’

उनले कम्पनी ऐनको दफा १८२ ले पनि सरकारको लगानी भएकाले संस्थाले पूरा गर्नुपर्ने विषय भएको र यही विषयमा कम्युनिकेशन ग्याप भएकाले समस्या भएको छ ।

तर राष्ट्र बैंकलाई यस विषयमा औपचारिकरुपमा जानकारी नआइसकेको बताए । उनले भोलिका दिनमा यस्तो अवस्था नआओस भन्ने उद्देश्यले आगामी दिनमा काम गर्ने समे बताए ।

नेपाल बैंकका अध्यक्ष अधिकारीलाई अर्थमन्त्री पौडेलले हटाउनका लागि नियतवस नै लाभांश घटाउन दबाब दिएका थिए ।

अधिकारी माधव नेपाल पक्षका हुन् । नेकपा फुटेसँगै केपी ओली पक्षधरले माधव नेपाल र प्रचण्ड पक्षधरका राजनीतिक नियुक्ति पाएका व्यक्तिलाई चरम दबाब दिएर हटाउने रणनीति लिएको छ ।

३० वर्षसम्म राष्ट्र बैंकमा काम गरेर वित्तीय क्षेत्रको बारेमा राम्रो जानकारी राख्ने बासुदेव अधिकारीलाई ओली सरकारले दबाब दिएर हटाएको हो ।

यो कुरा थाहा पाउँदा पाउँदै पनि गभर्नरसँग सरकारको बचाउ गर्नुको विकल्प नभएकाले उनले यस्तो गरेका हुन् ।