५० अर्ब पुँजी पुर्याउने हिमालयन बैंकको रणनीति, मर्जरको खबर छिट्टै सुनाउँछौं: अध्यक्ष गौतम « Eglish Khabarhub

५० अर्ब पुँजी पुर्याउने हिमालयन बैंकको रणनीति, मर्जरको खबर छिट्टै सुनाउँछौं: अध्यक्ष गौतम


३ फाल्गुन २०७७, सोमबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । हिमालयन बैंकका अध्यक्ष तुलसीराम गौतमले आफूहरु बैंकको पुँजी ५० अर्ब रुपैयाँ पुर्याउने अभियानमा रहेको बताएका छन् । इन्भेष्टमेन्ट र हिमालयन बैंकबीच मर्जरको कुराकानी भएको चर्चा चलिरहेका बेला अध्यक्ष गौतमले यस्तो बताएका हुन् ।

‘हामी ५० अर्ब रुपैयाँ कोर क्यापिटल भएको बैंक बनाउने अभियानमा छौं, यसका लागि वाणिज्य बैंकहरुबीचको मर्जर अत्यावश्यक छ,’ गौतमले क्लिकमाण्डूसँग भने, ‘छिट्टै बिग मर्जरको खबर सुनाउँछौं ।’

मर्जरका लागि बैंकले आन्तरिकरुपमा ड्यु डेलिजेन्स अडिट (डीडीए) गराइरहेको उनले जानकारी दिए । पछिल्लो समय मर्जरमा जानुको विकल्प नभएको निष्कर्श निकालिएको उनले जानकारी दिए ।

‘मर्जरको तयारीका लागि आफ्नो अवस्था थाहा पाउन डीडीए गराइरहेका छौं, आगामी सातासम्ममा डीडीए रिपोर्ट आउँछ, त्यसपछि उपयुक्त पार्टनरसँग मर्जरको कुराकानी अगाडि बढाउँछौं,’ उनले भने, ‘फागुन÷चैतभित्रै बिग मर्जरको खबर सुनाउँछौं ।’

हिमालयन बैंकमा अहिले कर्मचारी सञ्चय कोषको २० प्रतिशत सेयर स्वामित्व छ । सञ्चय कोषका प्रशासक रहेका गौतम हिमालयन बैंकका अध्यक्ष छन् । हिमालयन बैंकमा रहेको २० प्रतिशत सेयर स्वामित्व बिक्री गरेर पाकिस्तानको हबिब बैंक बाहिरिन खोजेको छ । उक्त सेयर बेलायतको सीसीडीले किन्ने सम्झौता भए पनि मर्जर हुने भए सीसीडीले नकिन्ने बताएको छ ।

यसरी सीसीडीले नकिन्ने हिमालयन बैंकको २० प्रतिशत सेयर सञ्चय कोष र नागरिक लगानी कोषले किन्ने प्रतिवद्धता व्यक्त गरिसकेका छन् ।

हिमालयन बैंकभन्दा इन्भेष्टमेन्ट बैंकको पुँजी ठूलो भएकाले हबिबको सेयर नकिनीकन मर्ज गर्ने हो भने सञ्चय कोषको स्वामित्व ६ प्रतिशतमा झर्ने गौतमले सुनाए ।

‘सञ्चय कोषले हिमालयनमा रहेको हबिबको सबै सेयर किनेर इन्भेष्टमेन्टसँग मर्जरमा गयो भने पनि १२/१५ प्रतिशतको हाराहारीमा मात्रै सेयर स्वामित्व रहन्छ,’ उनले भने ।

यी दुई बैंक मर्जर भएको खण्डमा नेपालकै ठूलो कर्पोरेट बैंक बन्ने उनले बताए । र, बैंकिङ प्रणालीमा नयाँ तरंग पैदा हुने उनको भनाइ छ ।

‘हिमालयन बैंकको इतिहास हेर्ने हो भने सबैभन्दा राम्रो प्रतिफल दिएको छ,’ उनले भने, ‘वार्षिक औषतमा २५ प्रतिशतभन्दा बढी छ ।’

हिमालयन र इन्भेष्टमेन्ट बैंक मर्ज भएपछि बन्ने बैंकको कोर क्यापिटल ४६ अर्ब रुपैयाँ पुग्छ ।

‘हिमालयन बैंकका लागि इन्भेष्टमेन्ट बैंक एउटा राम्रो पार्टनर हुनसक्छ भन्ने हाम्रो बुझाइ हो,’ गौतमले भने, ‘डीडीएको रिपोर्ट आएपछि मात्रै औपचारिकरुपमा मर्जरको कुराकानी अघि बढ्छ । पहिलो रोजाइमा इन्भेष्टमेन्ट बैंक भएपनि अरु बैंकसँग कुराकानी नगर्ने भन्ने होइन ।’

कोरोनाले मर्जरमा ढिलाई

कोरोना भाइरसका कारण यी दुई बैंकबीचको मर्जरमा ढिलाइ भइरहेको छ । केही महिनाअघि हिमालयन बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेलाई कोरोना पोजेटिभ भएको थियो । उनी लामो समय आइशोलेशनमा बसेका थिए । त्यसपछि हिमालयन बैंकका सीइओ अशोक राणाका भाईलाई कोरोना पोजेटिभ भयो । र, तीन सातायता अशोक राणा कोरोना पोजेटिभ भएर आइशोलेशनमा छन् ।

‘तीन सातादेखि कोरोना पोजेटिभ भएर होम आइशोलेशनमा बसेको छु,’ सीइओ राणाले भने, ‘केही दिनपछि मात्रै कार्यालय आउँछु, मैले अफिस जोइन गरेपछि डीडीए रिपोर्ट आउँछ र फाइनल गर्छौ ।’

मर्जरमा जाँदा हिमालयन बैंकका लागि सबैभन्दा उपयुक्त पार्टनर इन्भेष्टमेन्ट बैंक नै भएको राणाको भनाइ छ ।

के भन्छ इन्भेष्टमेन्ट बैंक ?

इन्भेष्टमेन्ट बैंकको सञ्चालक समितिले जतिक्दो चाँडो ५० अर्ब रुपैयाँभन्दा बढी बनाउने रणनीति बनाएको र अहिले सोही रणनीति अनुसार मर्जरमा आक्रमकरुपमा अघि बढेको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डे बताउँछन् ।

५० अर्ब पुँजी पुर्याउन इन्भेष्टमेन्ट बैंक आक्रमक, छिट्टै ‘बिग मर्जर’को खबर सुनाउँछौं: सीइओ पाण्डे

बैंकहरुको नाफा घट्न थालेकाले र आगामी दिन अझै नाफा घट्ने विश्लेषण गर्दै आफूहरुले आकार ठूलो बनाउन लागेको उनले सुनाए । आकार ठूलो बनाउन मर्जर नै सबैभन्दा उपयुक्र विकल्प भएको उनको भनाइ छ ।

पाण्डेका अनुसार मर्जरमा गएर ठूलो बन्नुका केही फाइदाहरु छन् । पहिलो फाइदा हो लागत कम हुन्छ । किनभने अब आक्रमकरुपमा बिजनेश बढाउनका लागि शाखा बढाउनुपर्ने हुन्छ । मर्जरबाट कम लागतमै शाखा र बिजनेश दुबै आउँछ । त्यसबाहेक सफ्टवेर, आइटी, कर्मचारी खर्च सबैमा लागत कम पर्छ ।

पछिल्लो समय बैंकिङमा भएको तीब्र प्रतिस्पर्धा र राष्ट्र बैंकले स्प्रेडमा गरेको कडाइका कारण बैंकहरुको ब्याज आम्दानी घटिरहेको छ । सेवा शुल्कमा पनि राष्ट्र बैंकले कडाइ गरेका कारण आम्दानी घटिरहेको छ । यस्तो अवस्थामा कोर बैंकिङ बिजनेशबाट मात्रै ठूलो नाफा कमाउन सक्ने अवस्था छैन ।

‘५० अर्ब पुँजी पुर्याएपछि अतिरिक्त काम गर्नका लागि सरकारसँग अनुमति माग्छौं,’ पाण्डेले भने, ‘हामी आफैं आयोजनाहरु बनाउँछौं भनेर राष्ट्र बैंकसँग कुरा गरिसकेका छौं ।’

इन्भेष्टमेन्ट बैंक परम्परागत बैंकिङभन्दा माथि उठ्न खोजेको उनको भनाइ छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार ००:००  ७ : ५६ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping