भैरहवाको कान्छी तरकारी बजारमा नबिल बैंकले शुरु गर्‍यो क्यूआर कोड स्क्यान सेवा « Eglish Khabarhub

भैरहवाको कान्छी तरकारी बजारमा नबिल बैंकले शुरु गर्‍यो क्यूआर कोड स्क्यान सेवा



रुपन्देही । नबिल बैंकले भैरहवाको कान्छी तरकारी/फलफूल बजारमा क्यूआर कोड स्याक्यनमार्फत् भुक्तानी गर्न पाइने सेवाको शुरुवात गरेको छ ।

सोमबार दिउँसो नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यलय भैरहवाका निर्देशक सुदीप फुँयालले फलफूल खरिद गरी क्यूआर कोडमार्फत् भुक्तानी गरी नबिल बैंकको क्यूआर भुक्तानी सेवा शुरु गरेका हुन् ।

अब यस बजारमा जाने उपभोक्ताले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन वा मोबाइल वालेटमार्फत् सजिलै खरिद गरेको तरकारी /फलफूलको रकम भुक्तान गर्न सक्नेछन् ।

क्यूआर कोड भुक्तानी सेवा उद्घाटनमा नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय भैरहवाका निर्देशक सुदिप फुँयाल, नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय भैरहवाका सहायक निर्देशक रमेश न्यौपाने नबिल बैंकका लुम्बिनी प्रदेशका प्रमुख, यज्ञप्रसाद शर्मा, नबिल बैंक भैरहवा शाखाका प्रबन्धक लिलाप्रसाद ओझा नबिल बैंकका लुम्बिनी प्रदेशका प्रदेश प्रबन्धक मधुजंग कार्की र बजार व्यवस्थापन समितिका अध्यक्ष दीपक सहानीको उपस्थिति थियो ।

उद्घाटनमा नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यलय भैरहवाका निर्देशकले विभिन्न तरकारी ÷फलफूल पसलको अवलोकन र निरीक्षण गरेपछि केही पसलमा खरिद गरी आफ्नो मोबाइल बैंकिङको क्यूआर कोडमार्फत भुक्तानी सेवा शुरुवात गरेका थिए ।

डिजिटल कारोबारलाई प्रश्रय दिन र क्यासलेस कारोबारलाई बढावा दिनका लागि नबिल बैंकले सन् २०२० को मार्चदेखि क्यूआर कोड भुक्तानी सेवा शुरु गरेको थियो ।

साथै नबिल बैंक भैरहवा शाखाको पहलमा वर्ल्ड लिह्क नेपालले भुक्तनी सेवालाई सहजीकरण गर्न उक्त बजार क्षेत्रमा निःशुल्क वाईफाई समेत जडान गरिदिएको छ ।

अहिले बैंकको साथमा देशभर २ हजारभन्दा बढी क्यूआर सेवा दिने व्यावसायिक प्रतिष्ठानहरु रहेका छन्, जुन हरेक दिन बढिरहेका पनि छन् ।

नबिल बैंकले कोभिड महामारीकै बीचमा नबिल डिजी बैंक स्थापना गरेर उपभोक्ताको हरेक कामहरुलाई डिजिटलमार्फत् सेवा पुर्याइ रहेको छ ।

बैंकले मुलुकको पहिलो डिजिटल बैंक बन्ने लक्ष्य राखेको छ । नबिल डिजी बैंकले लक्ष्य हासिल गर्न ग्राहक टचप्वाइन्टहरु र आन्तरिक प्रक्रियाहरु क्रमिक रूपमा अगाडि बढाएको छ ।

Publish on: