२ पुस २०८२, बुधबार

मधु मरासिनी बने नेपाल बैंकको अध्यक्ष

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल बैंकको अध्यक्षमा मधुकुमार मरासिनी चयन भएका छन् । बैंक सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले मरासिनीलाई रिक्त रहेको अध्यक्ष पदमा चयन गरेको हो ।

उनी अर्थ मन्त्रालयका तर्फबाट केहीदिन अघि सञ्चालकमा नियुक्त भएका थिए ।

अर्थ मन्त्रीसँग विवाद भएपछि बैंकका तत्कालीन अध्यक्ष बासुदेव अधिकारीले राजिनामा दिएपछि पद रिक्त भएको थियो ।