प्रविधि प्रयोग गरेर कर्मचारीले यसरी गर्छन् प्रधानमन्त्री र मुख्य सचिबको निगरानी « Eglish Khabarhub

प्रविधि प्रयोग गरेर कर्मचारीले यसरी गर्छन् प्रधानमन्त्री र मुख्य सचिबको निगरानी


२ मंसिर २०७३, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

prachanda
२ मंसिर, काठमाडौं । नेपालको संबैधानिक ब्यवस्था अनुसार देशको सबैभन्दा शक्तिशाली र कार्यकारी प्रमुख प्रधानमन्त्री हो ।

प्रधानमन्त्रीले मन्त्री तथा देशभरका कर्मचारीले राम्ररी काम गरेका छन् कि छैनन् ? जनअपेक्षा अनुसार काम भएको छ कि छैन भनेर चासो चिन्ता र निगरानी राख्नु पर्ने हुन्छ ।

कर्मचारी प्रशासनको सबैभन्दा माथिल्लो पद भनेको मुख्य सचिव हो । मुख्य सचिवले सवै कर्मचारीको नेतृत्व गर्ने गर्छन् ।

पछिल्लो समयमा भिभिआइपी स्ट्याटस ट्रयाकिङ सिस्टम लागू गरिएको छ ।

अब तपाइलाई एउटा जानकारी दिउ कि प्रधानमन्त्री र मुख्य सचिव पनि कर्मचारीको निगरानीमा परिरहेका हुन्छन् । उनीहरु कार्यालयमा भए नभएका, काममा ब्यस्त रहे वा नरहेका बारेमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका कर्मचारीले प्रविधिको प्रयोग गरेर निगरानी गरिरहेका हुन्छन् ।

यसरी गरिन्छ निगरानी

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रविधिको प्रयोगलाई उच्च प्राथमिकता दिएको छ । अनलाइन मार्फत प्रतिवेदनहरु लिने र अनलाइन मार्फत नै निर्देशनहरु दिने कार्यमा कार्यालय निकै अगाडि पुगरे पेपरलेस कार्यप्रणालीको अवस्थामा पुगिसकेको छ ।

कार्यालयले पछिल्लो समयमा भिभिआइपी स्ट्याटस ट्रयाकिङ सिस्टम लागू गरेको छ । यो प्रणालीको सहयोगमा कार्यालयमा प्रधानमन्त्री, मुख्य सचिव र सचिवहरु कार्यकक्षमा उपस्थित रहे नरहेको एवं व्यस्त रहे नरहेको जानकारी अनलाइन मार्फत् नै प्रणालीवाट उपलव्ध हुने गरेको छ ।

यो प्रणालीको आन्तरिकिकरण पश्चात् यस्तै प्रकृतिको कार्य गर्न कार्यालयका पदाधिकारीहरुको कार्यकक्षमा विगतमा विद्युतीय चीम जडान गर्ने गरिएकोमा उक्त पुरातन प्रविधिलाई सूचना प्रविधिमा आधारित प्रणालीले प्रतिस्थापन गरेको कार्यालयका प्रवक्ता दामोदर रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति : २ मंसिर २०७३, बिहिबार ००:००  ८ : १७ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping