१ पुस २०८२, मंगलबार

मर्जरको पाइपलाइनमा ३७ बैंक तथा वित्तीय संस्था

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकमा ३७ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जरको अन्तिम स्वीकृतिको पर्खाइमा छन् । राष्ट्र बैंकको मर्जर नीतिलाई सहयोग गर्दै एकिकृत कारोबारका लागि सम्पूर्ण प्रक्रिया पूरा गरेका ती संस्थाहरुलाई केन्द्रिय बैंकले अन्तिम स्वीकृति दिन ढिलाइ गरेको छ ।

राष्ट्र बैंकले हाल मर्जर तथा प्राप्तिको नीतिलाई प्राथमिता नदिएका कारणले राष्ट्र बैंकले मर्जरको ‘स्प्रिट’ अनुसार छलफल गरी चाँडो निर्णय हुन नसकको राष्ट्र बैंकका सह-प्रवक्ता नारायण प्रसाद पोखरेलले बताए ।

‘पछिल्लो चरणमा राष्ट्र बैंकले त्यस्तो फोर्सफुल मर्जर भनेर एग्रेसिभ भएर मर्जरलाई प्राथमिकतामा राखेको छैन,’ पोखरेलले क्लिकमाण्डूसँग भने, ‘बैंक तथा वित्तीय संस्थाहरु व्यवसायिक अबसर र आपसमा क्रस होल्डिङ छ भने आफैं मर्जर तथा प्राप्तिका सम्झौता गरेर आएका छन् ।’

यसअघि मर्जर तथा प्राप्तिमा गएका बैंक तथा वित्तीय संस्था चुक्ता पुँजी पुर्याउन नसकेका कारणले भएको हुँदा राष्ट्र बैंकले सोही अनुसारले प्रक्रिया पुरा गर्न तादरुकता देखिए पनि पछिल्लो समय सो नभएको उनको भनाइ छ ।

‘पुँजी पुर्याउनका लागि हुुने मर्जर भइसकेका छन्, पछिल्लो समय तोकिएभन्दा बढी व्यवसायको आकार, पुँजी बढाउने लगायत अन्य उदेश्यले बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तिमा संलग्न भएका हुन्,’ उनले थपे, ‘पाइपलाइमा भएको बैंक तथा वित्तीय संस्थाहरु समेत राष्ट्र बैंकमा बुझाउनु पर्ने बाँकी कागजात पूरा पेश गर्न र मर्जज पुरा गर्न सक्रिय नभएको देखिन्छ ।’

तर, कतिपय बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको मर्जर तथा प्राप्तिको सैद्दान्तिक स्वीकृति दिएर पनि एकीकृत कारोबार शुरु गर्न समय लगाएको उनले बताए ।

राष्ट्र बैंकमा अहिले मर्जर तथा प्राप्तिको लागि स्वीकृति लिन पाइपलाइनमा बसेका केही बैंक तथा वित्तीय संस्थाहरुमा क्रश होल्डिङ देखिए र राष्ट्र बैंकको नीतिअनुसार स्वत मर्जरमा जानु पर्दा आपसी सम्झौता गरी आएका उनले जानकारी दिए ।

हालसम्म राष्ट्र बैंकमा मर्जर तथा पाप्तिको पाइपलाइनमा भएका बैंक तथा वित्तीय संस्थाहरुमध्ये ३३ वटा लघुवित्त, १ वटा वाणिज्य बैंक र ३ वटा विकास बैंक छन् । यी बैंक तथा वित्तीय संस्थामध्ये ४ वटा गत वर्षको पुसदेखि नै मर्जर तथा प्राप्तिको प्रारम्भिक सम्झौता गरी अन्तिम स्वीकृतको पर्खाइमा छन् ।

यी हुन् पाइपलाइनमा भएका संस्था

गत वर्षको पुस २ गते धौलागिरी र आँधीखोला लघुवित्त वित्तीय संस्थाले मर्जर प्रारम्भिक सम्झौता गरी सैद्दान्तिक स्वीकृतिका लागि राष्ट्र बैंकमा पुस १४ गते निवेदन दिएका थिए । राष्ट्र बैंकले यी वित्तीय संस्थालाई गत साउन ५ गते नै सैद्दान्तिक स्वीकृति दिएको हो । मर्जरपछि यी संस्था धौलागिरी आँधीखोला लघुवित्त संस्थाको नामले कारोबार गर्ने सहमति भएको थियो ।

यसैगरी, युनिक नेपाल र बुद्धज्योति लघुवित्त वित्तीय संस्थाले गत वर्षको माघ ४ गते मर्जरको सहमति गरी राष्ट्र बैंकमा माघ १० गते स्वीकृतिका लागि निवेदन दिएको थिए । जसमा राष्ट्र बैंकले गत जेठ २२ गते नै सैद्दान्तिक स्वीकृति दिइसकेको छ । मर्जरपछि युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको नामका कारोबार गर्ने सम्झौता भएको थियो ।

साथै, समता र घरेलु लघुवित्त वित्तीय संस्थाले गत असार १ गते मर्जरको सहमति गरी राष्ट्र बैंकमा सोही दिन स्वीकृतिका लागि निवेदन दिएको थियो । जसमा राष्ट्र बैंकले साउन २६ गते नै सैद्दान्तिक स्वीकृति दिइसकेको छ । मर्जरपछि समता घरेलु लघुवित्तको नाममा एकीकृत कारोबार गर्ने सम्झौता भएको थियो ।

यसैगरी, एनआइसी एशिया र स्वदेशी लघुवित्त संस्था गत असार ३२ गतेदेखि, ओमी र ग्रामिण स्यवसेवक लघुवित्त गत भदौ ३० गतेदेखि, ग्लोबल आइएमई लघुवित्त र स्पर्श लघुवित्त गत असोज ५ गतेदेखि र विजया लघुवित्त र खप्तड लघुवित्त गत असोज २० गतेदेखि मर्जर तथा प्राप्तिको अन्तिम स्वीकृतको पर्खाइमा छन् ।

मर्जर तथा प्राप्तिको सम्झौता गरी राष्ट्र बैंकको अन्तिम स्वीकृतिको पर्खाइमा गरिमा विकास बैंक र साहरा विकास बैंक गत असोज १९ गतेदेखि विन लघुवित्त र नेपाल सेवा लघुवित्त पुस १२ गतेदेखि पाइपलाइनमा छन् ।

सिटिजन्स बैंक र तिनाउ मिसन डेभलपमेन्ट बैंक कात्तिक १ गतेदेखि, डिप्रोक्स लघुवित्त र नाडेप लघुवित्त पुस १६ गतेदेखि मर्जर तथा प्राप्तिको पाइपलाइनमा छन् ।