२९ मंसिर २०८२, आइतबार

सिटिजन्स बैंकका डेपुटी सीइओ बोधराज देवकोटाले पदबाट राजीनामा दिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिटिजन्स बैंकका डेपुटी सीइओ बोधराज देवकोटाले पदबाट राजीनामा दिएका छन् । चैत १ गतेदेखि लागू हुनेगरी राजीनामा दिएर रिफ्रेस हुन भन्दै देवकोटा गृहजिल्ला स्याङ्जा गएका छन् ।

स्थापनाकालदेखि नै सिटिजन्स बैंकसँग जोडिका उनी २०७६ साल बैशाख १ गते देखि डेपुटी सीइओका रुपमा कार्यरत थिए ।

‘मैले आगामी चैत १ गतेदेखि लागू हुनेगरी स्वइच्छाले राजीनामा दिएको हुँ,’ देवकोटाले क्लिकमाण्डूसँग भने, ‘अब आफ्नै केही काम गरुँ कि भन्ने लागेको छ । रिफ्रेस हुनका लागि स्याङजा जाँदैछु, । फर्केर आएपछि के गर्ने हो निर्णय गर्छु ।’

बैंकिङ क्षेत्रमा एक अनुभवी बैंकरका रूपमा परिचित देवकोटाले काठमाडौँ विश्व विद्यालयबाट वित्त व्यवस्थापनमा एमफिल तथा त्रिभुवन विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् ।

देवकोटासँग बैंकिङ क्षेत्रमा करिब २५ वर्ष काम गरेको अनुभव छ । सिटिजन्स बैंक आउनुभन्दा पहिले नेपाल बैंकमा काम गरेका थिए ।