महुली लघुवित्तले एफपीओ जारी गर्ने, साधारणसभामा मर्जरको प्रस्ताव « Eglish Khabarhub

महुली लघुवित्तले एफपीओ जारी गर्ने, साधारणसभामा मर्जरको प्रस्ताव



काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले एफपीओ जारी गर्नका लागि वार्षिक साधारणसभामा विशेष प्रस्ताव लैजाने भएको छ । कम्पनीको वार्षिक साधारणसभा आगामी चैत २५ गते केन्द्रीय कार्यालय सप्तरीमा हुँदैछ ।

सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम मर्जर पश्चात कायम चुक्ता पुँजी १८ करोड ६६ लाख २० हजारको २० प्रतिशतले हुने बोसन सेयर अर्थात ३ करोड ७३ लाख २४ हजार बसाबरको बोनस सेयर हाल कायम रहेका सेयरधनीलाई वितरण गर्न स्वीकृति प्रदान गर्ने तथा बोसन सेयरको हकसम्म जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गने विशेष प्रस्ताव समेत स्वीकृत गर्ने निर्णय गरेको छ ।

साथै सञ्चालक समितिको बैठकले मर्जरको प्रस्ताव पनि गरेको छ । संस्थाले एक वा एकभन्दा बढी उपयुक्त वित्तीय संस्थाहरु गाभ्ने÷गाभिने तथा प्राप्ति गर्ने वा प्राप्ति हुन जाने प्रयोजनका लागि उपयुक्त वित्तीय संस्थाहरु पहिचान गर्ने, समझादारीपत्रमा हस्ताक्षर गर्ने र सोको आधारमा सैद्दान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिने, सम्पत्ति तथा दायित्वको मूल्यांकन गर्न परामर्शदाता, मूल्यांकनकर्ता तथा लेखापरीक्षक वा लेखापरीक्षकहरु नियुक्त गर्ने तथा गाभ्ने÷गाभिने तथा प्राप्तिसँग सम्बन्धित प्रचलित कानून तथा निर्देशन बमोजिम अपनाउनुपर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्य, प्रक्रियाहरु पूरा गरी अन्तिम स्वीकृति लिने तथा सो सन्दर्भमा नियामक निकायबाट निर्देशक गरे बमोजिमका विवरण उपलब्ध गराउने लगायतका सम्पूर्ण कार्य गराउन सञ्चालक समितिलाई अख्यिारी दिने समेत निर्णय गरेको छ ।

Publish on: