काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को आठ महिनाको अवधिमा ७.८४ प्रतिशतले निर्यातमा वृद्धि गर्न सफल भए पनि विगतको दिनमा उल्लेखनीय निर्यात भइरहेको वस्तु तथा सेवाको निर्यातमा गिरावट आएको छ ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्कअनुसार विगतको वर्षहरूमा उल्लेखनीय निर्यात गर्दै आएको वस्तु तथा सेवाको निर्यातमा गिरावट आएको हो ।
प्रवद्र्धन केन्द्रका अनुसार चालु आर्थिक वर्ष २०७७/७८ को ८ महिनाको अवधिमा पाम आयलको निर्यात शून्य जस्तै रहेको छ ।
भारत सरकारले पाम आयलको निर्यातमा प्रतिबन्ध गरेसँगै हालसम्ममा थोरै मात्रामा मात्रै पाम आयल निर्यात भएको तथ्याङ्कले देखाउँदछ । जसमा चालु आवको आठ महिनाको अवधिमा ४ लाख ४३ हजारको मात्रै निर्यात भएको छ ।
त्यस्तै, गत वर्ष सोही अवधिमा नेपालले १५ अर्ब ३५ करोड रुपैयाँ बराबरको पाम आयल निर्यात गरेको थियो । त्यसैगरी पोलिस्टर, कटन तथा अन्य यार्न १४.४४ प्रतिशतले घटेको छ ।
गत वर्ष ८ महिनको अवधिमा नेपालले ५ अर्ब ९६ करोड ५२ लाख रुपैयाँ बराबरको निर्यात गरेको थियो ।
तर, चालु आवमा नेपालले सोही अवधिमा ५ अर्ब १० करोड ४० लाख रुपैयाँको मात्रै निर्यात गरेको छ ।
त्यसैगरी, ऊनीको कार्पेट निर्यातमा पनि ३.११ प्रतिशतले गिरावट आएको छ । जसमा चालु आवमा नेपालले ४ अर्ब ७४ करोड ९० लाखको निर्यात गरेकोमा गत वर्ष सोही अवधिमा नेपालले ४ अर्ब ९० करोड १७ लाख रुपैयाँ बराबरको निर्यात गरेको थियो । त्यस्तै अन्य धेरै वस्तु तथा सेवाको निर्यातमा गिरावट आएको छ ।
त्यसैगरी, चालु आवको ८ महिनको अवधिमा ३० मुल्य निर्यातमध्ये १४ वटा वस्तु तथा सेवामा निर्यात बढेको छ । जसमा पहिलोमा भटमासको तेल, अलैंची, जुटका सामानहरू, चियालगायत विभिन्न वस्तु तथा सेवामा निर्यात बढेको प्रवद्धर्दन केन्द्रको तथ्याङ्कले देखाउँदछ ।
SHARE YOUR THOUGHTS