चोभारको हुप्पी ल्यान्ड सञ्चालनमा « Eglish Khabarhub

चोभारको हुप्पी ल्यान्ड सञ्चालनमा



काठमाडौं । चोभारमा रहेको हुप्पी ल्यान्ड सञ्चालनमा आएको छ । सानासाना केटाकेटीदेखि लिएर वृृद्धवृद्धाले रुचाएको रमणीय स्थलको रूपमा रहेको हुप्पी ल्यान्ड कोरोनाका कारण एक वर्षदेखि बन्द रहेको थियो । उक्त स्थान चैत १४ गते शनिबारदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ ।

हुप्पी ल्यान्ड १ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा स्थापना भएको हो । कोभिड-१९ को प्रकोपका कारण पछिल्लो समय सञ्चालनमा आउन सकेको थिएन ।

सरकारले स्वास्थ्य मापदण्ड पालना गराउँदै व्यवसायहरू सञ्चालन गर्न अनुमति दिएपछि हुप्पी ल्यान्ड पनि सबै स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरूपमा लागू गर्दै सञ्चालनमा आएको प्रबन्ध निर्देशक सुदन बस्नेतले जानकारी दिए ।

‘हामीले विभिन्न ठाउँमा सेनिटाइजरको व्यवस्था गर्नुका साथै हातधुने र तापक्रम नाप्ने लगायतका सबै मापदण्ड पूरा गरेर यो पार्क सञ्चालनमा ल्याएका हौं,’ उनले भने ।

पार्कमा स्वदेशी तथा विदेशी व्यक्तिहरूले रमणीय दृश्यावलोकन गर्न पाउनुका साथै खेल्ने व्यवस्था पनि गरिएको छ ।

Publish on: