सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घट्यो « Eglish Khabarhub

सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घट्यो



काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ ।

आइतबार छापावाला सुनको मूल्य प्रतितोला ८७ हजार ४ सय रुपैयाँमा कायम भएको सुनको मूल्य सोमबार २ सय रुपैयाँले घटेर ८७ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, आइतबार तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार ९ सय ५० रुपैयाँ कायम भएको थियो भने सोमबार ८६ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ । साथै, आइतबार चाँदीको मूल्य प्रतितोला १२ हजार ४० रुपैयाँ थियो भने सोमबार ५ रुपैयाँ घटेर १२ सय ३५ रुपैयाँ मूल्य कायम भएको छ ।

Publish on: