मनकामना केबलकार ६ दिन बन्द हुने « Eglish Khabarhub

मनकामना केबलकार ६ दिन बन्द हुने



काठमाडौं । नेपालकै पहिलो केबुलकार मनकामना केबुलकार सेवा आगामी चैत २५ गतेदेखि चैत्र ३० गतेसम्म बन्द हुने भएको छ ।

केबुलकारको स्तरोन्नतीको पहिलो चरणमध्येको कार्य अनुसार बुल ह्विल बियरिङ नयाँ फेर्नुका साथै बुल ह्विल र अन्य मर्मत सम्भारका लागि डोपप्लमेयर, अष्ट्रियाबाट आउनु हुने प्राविधिकबाट मर्मत हुने भएकोले केबुलकार सेवा ६ दिनका लागि बन्द गर्न लागिएको हो ।

उक्त अवधिभर केबुलकारको बटम स्टेसनमा रहेको रेष्टुरेन्ट भने यथावत रुपमा सञ्चालन हुनेछ । मर्मत संभार पश्चात आगामी चैत्र ३१ गतेदेखि पुनः नियमित रुपमा सञ्चालन हुनेछ ।

Publish on: