६ वर्षमा साढे ४ अर्ब डलर घाटा भएपछि एलजीले स्मार्टफोन उत्पादन बन्द गर्ने « Eglish Khabarhub

६ वर्षमा साढे ४ अर्ब डलर घाटा भएपछि एलजीले स्मार्टफोन उत्पादन बन्द गर्ने



दक्षिण कोरियाको इलेक्ट्रिोनिक कम्पनी एलजीले स्मार्टफोन उत्पादन बन्द गर्ने भएको छ । वर्षौदेखि घाटा बेहोर्दै आएको कम्पनीले अब एलजी ब्राण्डमा स्मार्टफोन उत्पादन बन्द गर्ने निर्णय गरेको हो ।

कम्पनीले सोमबार उक्त निर्णय गरेको हो । कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त निर्णय कम्पनीको बोर्डले समेत स्वीकृत गरिसकेको उल्लेख छ । कम्पनीले जुलाइ महिनादेखि कुनै पनि मोबाइल उत्पादन गर्ने छैन ।

कम्पनीले पछिल्लो ६ वर्षदेखि लगातार घाटा बेहोर्दै आएको थियो । कम्पनीले ६ वर्षको अवधिमा साढे ४ अर्ब डलर घाटा बेहोरेको थियो ।

अमेरिकामा एलजीको स्मार्टफोन सबैभन्दा बढी प्रयोग हुनेमा तेस्रो स्थानमा छ । पहिलो स्थानमा एप्पल र सामसुङ ब्राण्ड छन् । अमेरिकामा एलजीको बजार हिस्सा ११ प्रतिशत छ भने विश्व बजारमा २ प्रतिशत हिस्सा छ ।

कम्पनीले अब अन्य प्रडक्टको उत्पादनहरु इलेक्ट्रिक भेहिकल, कनेक्टेड डिभाइस। स्मार्ट होम्स तथा आर्टिफिसियल इन्टेलिजेन्स जस्ता प्रडक्टमा जोड दिने निर्णय गरेको छ ।

कम्पनीको उक्त निर्णयसँगै कम्पनीको सेयरमा २.५२ प्रतिशतले गिरावट देखिएको छ ।

विश्व बजारमा एलजी २ करोड ३० लाख संख्यामा छन् । जबकी सामसुङ ब्राण्डका मोबाइल २५ अर्ब ६० लाखभन्दा बढी छन् ।

Publish on: