२.८५ अंकले घट्यो नेप्से, चन्द्रागिरिको सेयरमा आज पनि सकारात्मक सर्किट « Eglish Khabarhub

२.८५ अंकले घट्यो नेप्से, चन्द्रागिरिको सेयरमा आज पनि सकारात्मक सर्किट



काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक २.८५ अंकले घटेको छ । बुधबार नेप्से २६७१.७१ विन्दुमा झरेको छ । क वर्गका कम्पनीको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.६२ अंकले बढेको छ ।

आज २१५ कम्पनीको ७६ हजार ५९१ पटक सेयर कारोबार भएको छ । १ करोड ६५ लाख ९३ हजार ५०१ कित्ता खरिद बिक्री हुँदा ७ अर्ब २६ करोड ६९ लाख ७२ हजार रुपौयाँको कारोबार भएको छ ।

बैंकिङ, होटल र पर्यटन, विकास बैंक, वित्तीय, माइक्रोफाइनान्स, सामूहिक लगानी कोष उप समूह बढेका छन् । ब्यापार, जलविद्युत, निर्जीवन बीमा, उत्पादनमूलक, अन्य, जीवन बीमा र लगानी उपसमूह घटेका छन् ।

महिला लुघवित्त वित्तीय संस्था, चन्द्रागिरि हिल्स्, एनआईसी एशिया लघुवित्त वित्तीय संस्था, रिलायन्स फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । राईराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ७.२६ प्रतिशतले घटेको छ ।

Publish on: