५ करोड २९ लाख विगो दावीसहित साहविरूद्ध मुद्दा दर्ता « Eglish Khabarhub

५ करोड २९ लाख विगो दावीसहित साहविरूद्ध मुद्दा दर्ता



काठमाडौं । राजस्व अनुसन्धान विभागले ५ करोड २९ लाख विगो दावीसहित प्रविन्द्र साहविरुद्ध मुद्दा दर्ता गरेको छ ।

विभागले उच्च अदालत पाटनमा ५ करोड २९ लाख ८५ हजार १२९ रुपैयाँ विगो दावीसहित मुद्दा दर्ता गरेको हो ।

अभिनास इन्टरनेशनल प्रालिका सञ्चालक साह तथा उक्त फर्मको बैंक खाता सञ्चालक मो. जाबिर अन्सारी समेतले मालवस्तु स्थानीय खरिद तथा आयात नगरी, झुट्टा खरिद देखाइ राजस्व छली गरेको विभागको भनाइ छ ।

Publish on: