काठमाडौं । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ ।
बुधबार छापावाला सुनको मूल्य प्रतितोला ८८ हजार रुपैयाँमा कायम भएको सुनको मूल्य बिहीबार १ हजार रुपैयाँले बढेर ८९ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, बुधबार तेजावी सुनको मूल्य प्रतितोला ८७ हजार ५ सय ५० रुपैयाँ कायम भएको थियो भने बिहीबार ८८ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ । साथै, बुधबार चाँदीको मूल्य प्रतितोला १२ हजार ४५ रुपैयाँ थियो भने बिहीबार १५ रुपैयाँ बढेर १२ सय ६० रुपैयाँ कायम भएको छ ।
SHARE YOUR THOUGHTS