काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंधले १० वर्षे भिजन पेपर सार्वजनिक गरेको छ । महासंघको ५५औं वार्षिक साधारण सभामार्फत् १०० वटा योजनासहितको भिजन पेपर सार्वजनिक गरेको हो ।
भिजन पेपरमा मुलुकको अर्थतन्त्र १ दशकमा १०० अर्ब डलरको हुने गरी परिकल्पना गरिएको छ । जसमा १५० अर्ब लगानी हुनेछ । जसमध्ये १०८ अर्ब डलर निजी क्षेत्रबाट हुने उल्लेख छ । हाल मुलुकको अर्थतन्त्र ३४ अर्ब डलरको छ ।
महासंघले तयार पारेको १०० वटा योजनामध्ये ४० वटा २ वर्षभित्र कार्यान्वयनमा लैजान सकिने अध्यक्ष शेखर गोल्छाले बताए । उनले यसलाई ‘राष्ट्रिय आर्थिक रुपान्तरण २०३०’ अनुरुप तयार पारेको बताए ।
गोल्छाले बजेटको आकार बढाउनेभन्दा पनि अनुत्पादक खर्चमा कटौती गरी उत्पादक क्षेत्रमा बजेट बढाउन सरकारसमक्ष आग्रह गरे ।उनले भिजन पेपरले वार्षिक ४ लाखलाई रोजगार दिने कल्पना समेत गरेको छ । साथै एक दशकमा थप २२ लाख रोजगारी सिर्जना हुने भिजन पेपरमा उल्लेख छ ।
भिजन पेपरमा १४ वटा कानूनमा सुधारको समेत माग गरिएको छ ।
कार्यक्रममा महासंघको नयाँ नारा ‘सम्मानित निजी क्षेत्र र सम्मुन्नत नेपाल’ प्रधानमन्त्री केपी शर्मा ओलीले लेखेर शुरुवात गरेका थिए ।
गोल्छाले चालु आवको दोस्रो त्रैमासदेखि तंग्रिन थालेको बताए । उनले गत वर्षको तुलनामा चालु आवमामा राजस्व संकलन ३.५प्रतिशतले बढेको बताए ।
के त्यसका साथै बैंक तथा वित्तीय संस्थामा २ खर्व ३० अर्वको अधिक तरलता घटेर ४८ अर्वमा झरेको उल्लेख गर्दैकर्जा प्रवाह बढेको बताए ।
उनले अर्थतन्त्र तंग्रिनका लागि सरकारले गरेका प्रयासलाई पनि धन्यवाद दिए ।
SHARE YOUR THOUGHTS