स्कोडाको ‘फाइनेन्स फ्रिडम’ योजना « Eglish Khabarhub

स्कोडाको ‘फाइनेन्स फ्रिडम’ योजना




काठमाडौं । नेपालका लागि स्कोडा कारको आधिकारिक विक्रेता स्कोडा एमएडब्लुले ग्राहकहरुको सजहतालाई ध्यानमा राखी फाइनेन्सिङका दुई वटा नयाँ विकल्प सार्वजनिक गरेको छ ।

‘फाइनेन्स फ्रिडम’ नाम दिइएको यो नयाँ अफरमा ग्राहकले अब ३० प्रतिशत डाउन पेमेन्ट वा मासिक किस्ता रु २८ हजार एक सय सात र ८.९९ प्रतिशत ब्जायदरमा नयाँ स्कोडा र्यापिड खरिद गर्न सक्नेछन् ।

‘यो अफर ल्याउनुको उद्देश्य स्कोडा खरिद गर्न चाहने हाम्रा ग्राहकहरुको सुविधा हो । हामी फाइनेन्सिङ जटिलताका कारण युरोपियन लक्जरी कारको अनुभव गर्नबाट कुनै पनि ग्राहक छुटोस् भन्ने चाहँदैनौं,’ स्कोडा एमएडब्लुका प्रमुख महाप्रबन्धक सुरज मानन्धरले भने, ‘अब ग्राहकले दुईमध्ये आफूलाई ठिक लाग्ने जुनसुकै विकल्पबाट स्कोडा ¥यापिडको अनुभव गर्न पाउनेछन् ।’

Publish on: