काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको आरोपमा ४ जना विरुद्ध १ करोड ६ लाख ७२ हजार ९०९ रुपैयाँको विगो दावीसहित उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ ।
विभागले बिहीबार बिगो दावीसहित जरिवाना तथा कैद सजायको माग गरी मुद्दा दर्ता गरेको हो ।
विभागले ओम सर्जिकल कन्सर्न प्रालिका सञ्चालक दलबहादुर भण्डारी समेत भन्सार प्रतिनिधि रामबाबु जमकटेलले आपसी मिलेमतोमा न्यूनतम मूल्इको गलत कागजात तयार पारेर राजस्व छली गरेको आरोप लगाएको छ ।
SHARE YOUR THOUGHTS