सिभिल बैंकको नयाँ शाखा खुरखुरेमा « Eglish Khabarhub

सिभिल बैंकको नयाँ शाखा खुरखुरेमा



काठमाडाैं ।  सिभिल बैंकले राप्ती नगरपालिकाको खुरखुरेमा शाखा स्थानन्तरण गरेको छ । उक्त शाखाको उद्घाटन नगरपालिका नगर प्रमुख प्रभा बरालले गरिन् ।

शाखा उद्घाटन गर्दै बरालले खुरखुरेमा वित्तीय पहुँच बृद्धि गर्नको साथै वित्तीय स्तर बढाउन टेवा पुर्याउने बताइन् ।

कार्यक्रममा सिभिल बैंकका प्रदेश २ नं का प्रमुख विश्वास अर्यालले आर्थिक समृद्धिको सहयात्री भएको र बैंकको सहभागिता बिना आर्थिक समृद्धि सम्भब नहुने बताए ।

सिभिल बैंकले यस क्षेत्रका सम्पुर्ण वचतकर्ता उद्यमि, व्यवसायी तथा स्थानियलाई उच्चस्तरीय बैकिङ सेवा तथा सुविधा उपलव्ध गराउने प्रतिबद्धता जनाउँदै यस क्षेत्रको अर्थतन्त्र उकास्नका लागि साना तथा मझौला व्यापार व्यवसायलगायत अन्य व्यक्तिगत कर्जाहरु जस्तै घरकर्जा, सवारी कर्जा, शैक्षिक कर्जा जस्ता क्षेत्रमा लगानी बढाउने बताए ।

Publish on: