ट्राफिक जाम घटाउन कोटेश्वर-जडिबुटीमा अण्डरपास बनाइने « Eglish Khabarhub

ट्राफिक जाम घटाउन कोटेश्वर-जडिबुटीमा अण्डरपास बनाइने


१२ बैशाख २०७८, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । सडक विभागले कोटेश्वर-जडिबुटी चोकमा अण्डरपास बनाउने भएको छ ।

सडक विभागले आगामी आर्थिक २०७८/७९ वर्षको बजेटमा कोटेश्वर–जडिबुटीमा अण्डरपास बनाउन अध्ययन गर्ने प्रस्ताव गरेको हो ।

विभागले जापानी सहयोग निकाय (जाइका)सँगको सहकार्यमा अण्डरपासको अध्ययन गर्न अर्थमन्त्रालयसँग बजेट स्रोत सुनिश्चिता माग गरेको हो ।

जाइकाले केही समय अघि अण्डरपासको पूर्व सम्भाव्यता अध्ययन गरिसकेको छ । अर्थमन्त्रालयले बजेट सूनिश्चिता गरे विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने विभागको योजना छ ।

अर्थमन्त्रालयले अन्डरपास निर्माण गर्न आवश्यक बजेट आगामी आवमै विनियोजना गर्ने अपेक्षासहित जाइकाले डीपीआरको तयारी शुरु गरिसकेको विभागका एक उच्च अधिकारीले जानकारी दिए । कोटेश्वर–जडिबुटी खण्डको अन्डरपास निर्माण कार्यलाई विभागले उच्च प्राथमिकतामा राखेको छ ।

काठमाडौं उपत्यकाको सबैभन्दा धेरै ट्राफिक जाम हुने क्षेत्रको रुपमा कोटेश्वर–जडिबुटी खण्ड रहेको छ । कोटेश्वर–जडिबुटी खण्ड कलंकी पछि काठमाडौं भित्रिने मूख्य प्रवेश मार्गमध्येको एक हो ।

चक्रपथ, बीपी राजमार्ग, अरनिको राजमार्ग, भक्तपुर, काभ्रेका सवारीसाधन कोटेश्वर–जडिबुटी खण्ड हुँदै काठमाडौं भित्रिने र बाहिरने गर्छन् ।

विगत केही वर्षदेखि कोटेश्वर–जडिबुटी खण्डमा सवारी चाप धेरै छ । चोक भएकाले एउटा दिशाबाट आउने गाडीले पालो दिएपछि मात्र विपरीत दिसाका सवारी पास हुन सक्छन् ।

अण्डरपास निर्माण गर्न सकिए सवारीसाधन पालो पर्खिएर हुने जाप हट्ने विकास सहायता कार्यान्वयन महाशाखाका सिनियर डिभिजनल इन्जिनियर लक्ष्मीदत्त भट्टले बताए ।

प्रारम्भिक डिजाइन अनुसार अन्डरपासको लम्बाई ८ सय मिटर छ ।

‘जडिबुटी–कोटेश्वर तीनकुने खण्डका गाडी अन्डरपासबाट गुड्ने छन् । चक्रपथमा गुड्ने सवारी अण्डरपासको माथिबाट जानेछन् । अण्डरपास निर्माण हुँदा सवारीसाधनले विपरीत दिशाका सवारीसाधनलाई बाटो दिँदा पालो पर्खनुपर्दैन’, भट्टले भने, ‘अर्को गाडीलाई बाटो दिँदा रोकिनुपर्दैन ।’

कोटेश्वर–सूर्यविनायक सडक खण्ड जाइककै सहयोगमा निर्माण गरिएको हो । ९.१ किलोमिटर सडक खण्ड ६ लेनमा विस्तार विस्तार गरिएको थियो । साथै सडकको दुवैतर्फ सर्भिस लेन पनि निर्माण गरिएको छ । तर कोटेश्वर–जडिबुटी खण्ड भने ४ लेनको मात्र छ । यहाँ सर्भिस लेन पनि छैन ।

यो खण्डको उत्तर र दक्षिण–पूर्वतर्फ अन्तर्राष्ट्रय विमानस्थलको जमिन पर्छ । पश्चिम–दक्षिणतर्फ कोटेश्वर चोक (बजार) छ ।

तत्कालिन समयमा नागरिक उडड्यान प्राधिकरण (क्यान)सँग आवश्यक जग्गा लिन नसक्दा सडक ६ लेनमा विस्तार हुन सकेको थियो । हाल भने क्यानले कोटेश्वदेखि पूर्वतर्फ जमिन सडक निर्माणका लागि स्वीकृत दिइसकेको छ ।

उक्त खण्डमा सडक डिभिजन काठमाडौंले सडक विस्तार गरिरहेको छ । करिब ८ अर्ब रुपैयाँमा टुन्डी–सुसन कन्ट्रक्सन जेभीले ८ करोड रुपैयाँमा ठेक्का दिइएको छ । २०७७ मागमा ठेक्का लगाएर चालु आर्थिक वर्ष भित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

अण्डरपास निर्माण गर्न एयरपोर्टको कोटेश्वर चोकदेखि पश्चिमतर्फको केहि जमिन आवश्यक पर्छ । यस विषयमा विभागले क्यानका पदाधिकारीसँग छलफल गरिरहेको छ । क्यानले जमिन उपलब्ध गराएको खण्डमा मात्रै अन्डरपास निर्माण प्रक्रिया अघि बढ्नेछ ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार ००:००  २ : ३८ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping