काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हेल्थ डेस्कले विदेश जानका लागि पीसीआर परीक्षणका लागि ल्याव तोकेको छ ।
विमानस्थलका अनुसार वैशाख १४ गतेदेखि लागू हुने गरी सरकारी ल्यावसहित अन्य ५ वटा ल्यावको मात्रै पीसीआर परीक्षण रिपोर्ट मान्य हुनेछ ।
विमानस्थल हेल्थ डेस्कका संयोजक चन्द्रबहादुर सुनारका अनुसार अब कोभिड परीक्षण गर्ने सबै सरकारी अस्पताल तथा प्रयोगशालाका साथै स्टार अस्पताल सानेपा, नेपाल मेडिसिटी अस्पताल भैसेपाटी, मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ अस्पता, युनिर्भसल कलेज अफ मेडिकल साइन्सेज एण्ड टिचिङ अस्पताल भैरहवा र ह्याम्स अस्पताल मण्डिखाटारमा गरिएको पीसीआर परीक्षणको रिपोर्ट मात्रै मान्यता हुनेछ ।
गत साता मात्रै सिनामंगलस्थित सुरिया ल्यावमा गरिएको परीक्षण नक्कली भएको आशंकामा १७२ जना यात्रुहरुविमानस्थलबाट फर्काइएका थिए ।
त्यसपछि विमानस्थलले ल्यावै तोकेर अन्य ल्यावको रिपोर्ट मान्य नहुने निर्णय गरेको हो ।
SHARE YOUR THOUGHTS