काठमाडौं । कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेसँगै सरकारले त्रिभुवन विमानस्थललाई ट्रान्जिट बनाउने यात्रुलाई बुधबार राति १२ बजेदेखि रोक्ने भएको छ ।
विमानस्थललाई ट्रान्जिटको रुपमा प्रयोग गरी अनय गन्तव्यतर्फ यात्रा गर्नका लागि वैशाख १५ गते राति १२ बजेदेखि रोक लगाउने अध्यागमन विभागले जानकारी दिएको छ ।
सबै विदेशबाट नेपाललाई अन्तिम गन्तव्य स्थल बनाइ आगमन गर्न र नेपालबाट विदेश जान साविक बमोजिम नै नियमत रहने समेत विभागले जानकारी दिएको छ ।
पछिल्लो समय भारतीय नागरिकहरुले त्रिभुवन विमानस्थललाई ट्रान्जिटका रुपमा प्रयोग गर्दै आएका थिए ।
विमानस्थलका अनुसार अप्रिल १ तारिखदेखि २५ तारिखसम्म ७ हजार ५०५ जना भारतीय नागरिकले विमानस्थललाई ट्रान्जिटका रुपमा प्रयोग गरेका छन् ।
भारतमा कोरोनाको जोखिम बढ्दै जाँदा विभिन्न देशहरुले भारतसँगको हवाई उडानमा प्रतिबन्ध लगाएपछि भारतीयहरु नेपालको बाटो हुँदै विभिन्न मुलुकमा जानका लागि नेपालको बाटो प्रयोग गर्दै आएका छन् ।
SHARE YOUR THOUGHTS