सार्वजनिक यातायातमा जोखिम भयो, कार र मोटरसाइकलको कर आधा घटाऔंः राजबहादुर साह « Eglish Khabarhub

सार्वजनिक यातायातमा जोखिम भयो, कार र मोटरसाइकलको कर आधा घटाऔंः राजबहादुर साह


१७ बैशाख २०७८, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । व्यवसायी राजबहादुर साहले कोरोना भाइरसको दोस्रो चरणको महामारीका कारण सार्वजनिक यातायातमा यात्रा गर्नु निकै जोखिम भएको बताउँदै मोटरसाइकलमा लगाइएको कर घटाउन सरकारसँग माग गरेका छन् ।

शुक्रबार नेपाल उद्योग परिसंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै साहले भने, ‘सार्वजनिक यातायातको यात्रा सुसाइड गर्नु सरह भयो, तर चर्को करका कारण सबैले मोटरसाइकल चढ्न सक्ने अवस्था पनि रहेन, त्यसैले मोटरसाइकलमा लगाइएको कर आधा कम गर्नुपर्छ,’ उनले भने ।

कोरोना महामारीको जोखिम अझै ३/४ वर्षसम्म यस्तै रहने देखिएको भन्दै उनले कोरोनाबाट जोगाउनका लागि यातायातलाई सेवालाई प्रभावकारी बनाउन सरकारले ध्यान दिनुपर्ने बताए ।

‘५० हजार रुपैयाँ पनि नपर्ने मोटरसाइकललाई चर्को मूल्यका कारण २ लाखभन्दा बढी रुपैयाँ तिर्न बाध्य भएका छौं,’ उनले भने, ‘सार्वजनिक यातायातको तुलनामा मोटरसाइकल बढी प्रभावकारी भएकाले मोटरसाइकललाई सर्वसुलभ बनाउनु पर्छ ।’

साहले उद्योग सञ्चालन गर्ने हो भने उद्योगका कर्मचारीलाई भ्याक्सिन लगाउनै पर्ने उनले बताए । उनले कर्मचारीसँगै भ्याक्सिन हरेक परिवार र समूदायसम्म पनि पुर्याउन सरकारसँग माग समेत गरे ।

त्यसका साथै उद्योग सञ्चालनका लागि उद्योगभित्र हाउजिङको व्यवस्था गर्नुपर्ने अवस्था आएको बताए ।

‘पक्कै पनि यसका लागि खर्च ठूलो हुनेछ, तर कर्मचारीलाई उद्योगमा काम गराइ राख्नका लागि कर्मचारीलाई खान र बस्नको व्यवस्थाका साथै अक्सिजनको समेत व्यवस्था हुनुपर्ने आवश्यक देखिएको छ,’ उनले भने ।

त्यसका साथै कर्मचारी तथा अन्य व्यक्तिहरुको ब्लड ग्रुपबारे जानकारी राख्नु पर्ने र केही परिहालेमा प्लाज्मा डोनेट गर्न सहज हुने समेत उनले बताए ।

कोरोना बीमा राम्रो कार्यक्रम
कार्यक्रममा बोल्दै साहले कोरोना बीमा राम्रो भएको र सबैका लागि फेरि पनि शुरु गर्नुपर्ने बताए । बीमा समितिले असारदेखि कोरोना बीमा नहुने र त्यसपछि संक्रमित बीमितिले पनि कोरोनाको बीमावापतको पैसा नपाउने निर्णय गरिसकेको छ । तर शाहले पहिलेको तुलनामा महंगो प्रिमियम राखेर भए पनि कोरोना बीमा जारी राख्नुपर्ने बताए ।

उद्योगहरुले कोरोनाबाट कर्मचारीको स्वास्थ्यमा हुने प्रतिकुलताको जोखिमलाई ध्यानमा राख्दै कटौती गर्दा त्यसको असर धेरैको जीवनमा असर पर्ने भएकाले सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने बताए ।

यस्तो कठीन अवस्थामा सरकारले एक्लै गर्न गाह्रो हुने भएकाले सरकारले निजी क्षेत्रलाई यसका कामका लागि अनुमति दिनुपर्ने माग समेत गरे । मानिसहरुको एकातिर स्वास्थ्य जोखिममा परेको छ भने अर्कोतर्फ जागिरबाट हात धुनुपर्ने अवस्था सिर्जना भएको समेत बताए ।

उनले कोरोना बीमा फेरि सञ्चालन गर्नका लागि सीएनआइले पनि यसका लागि आवाज उठाउनु पर्ने बताए । सरकारले सक्ने बेलामा दिने र नसक्ने बेलामा दिन्न् भन्नु गलत भएको बताए ।

मुलुक बाहिर पनि व्यवसाय बिस्तार हुनु जरुरी
‘हामीले रेमिट्यान्समा अधिक भरपर्नु दुःखद् हो, सरकारले नेपाली नागरिकलाई विदेशमा ट्वाइलेट सफा गर्न पठाउन अनुमति दिने तर व्यवसायीलाई विदेशमा लगानी विस्तार गर्न नदिनु दुःखद् भएको समेत बताए । उनले व्यवसायीलाई पनि मुलुकबाहिर गएर व्यवसाय गर्न दिनुपर्छ,’ उनले भने ।

कार्यक्रममा बोल्दै निर्वाण चौधरीले कर्मचारीको स्वास्थ्य मुख्य विषय भएकाले त्यसमा ध्यान दिनुपर्ने बताए । उनले भारतबाट पाठ सिकेर नेपालमा पनि सोही अनुसारको काम गर्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै नबिल बैंकका सीइओ अनिल केशरी शाहले निषेधाज्ञाको समयमा पनि बैंकिङ सेवा पूर्णरुपमा सञ्चालन भइरहेको बताए । उनले थोरै संख्याका कर्मचारीबाट पनि पूर्णरुपमा बैंकिङ सेवा दिइरहेको बताए ।

त्यसैगरी चलचित्र व्यवसायी नकिम उद्दिनले चलचित्रमा यो वा त्यो रुपमा कैयन मानिसहरु जोडिएको भन्दै सरकारसँग टिकटमा विभिन्न प्रकारका ३३ प्रतिशत कर घटाउन माग गरे ।

‘कोरोना महामारीका कारण बन्द भएको जय नेपाल सिनेमा हल सधैका लागि बन्द गर्ने निर्णय गरिसकेका छौं, यसबाट कैयनका जागिर पनि गएको छ । आजका दिनमा मलहरुमा सिनेमा चल्ने अवस्था सिर्जना भयो र नाफा नहुने सिनेमा हल बन्द गर्न बाध्य भएका छौं,’ उनले भने ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार ००:००  ५ : २५ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping