काठमाडौं । केही समय अघि आइपीओ जारी गरेको रुरू जलविद्युत् परियोजनाको आइपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ ।
आइबार कम्पनीको ४० लाख ७७ हजार ५५ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।
कम्पनीले सर्वसाधारणका लागि खुला गरेको ४ लाख ७ हजार ७०६ कित्ता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ४ लाख ७७ हजार ५ कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको ३२ लाख ६१ हजार ६४४ कित्ता सेयर समेत गरी ४० लाख ७७ हजार ५५ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।
कम्पनीले दोस्रो बजारको कारोबारका लागि ओपनिङ रेञ्ज ११८.८४ रुपैयाँदेखि अधिकतम ३५६.५२ रुपैयाँ पाएको छ ।
SHARE YOUR THOUGHTS