काठमाडौं । लुम्बिनी प्रदशको मुख्यमन्त्री पदमा शंकर पोखरेल नियुक्त भएका छन् ।
आइतबार बिहान मुख्यमन्त्री पदबाट राजीनामा दिएका पोखरललाई आइतबार दिउँसो मुख्यमन्त्री पदमा नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालय लुम्बिनीले जानकारी दिएको छ ।
प्रदेश प्रमुख धर्मनाथ यादवले नेपाल कम्युनिष्ट पार्टी (एमाले), लुम्बिनी प्रदेश संसदीय दलका नेता पोखरेललाई प्रदेश मुख्यमन्त्रीको पदमा नियुक्त गरेको हो ।
SHARE YOUR THOUGHTS