काठमाडौं । सोमबार छापावाला सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ ।
आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कायम भएको सुनको मूल्य सोमबार २ सय रुपैयाँले बढेर ९२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, आइतबार तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ कायम भएको थियो भने सोमबार ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ । साथै, आइतबार चाँदीको मूल्य प्रतितोला १३ सय ४५ रुपैयाँ थियो भने सोमबार १५ रुपैयाँ बढेर १३ सय ६० रुपैयाँ मूल्य कायम भएको छ ।
SHARE YOUR THOUGHTS