पर्यटन

युएईले बुधबारदेखि नेपालबाट हुने उडानमा प्रतिबन्ध लगाउने



काठमाडौं । कोरोना महामारीको उच्च जोखिम बढ्दै जाँदा संयुक्त अरब इमिरेट्स (यूएई)ले बुधबारदेखि नेपाल हुँदै युएई जाने सबै यात्रुलाई रोक लगाउने भएको छ ।

यूएईले नेपालसँगै बंगलादेश, पाकिस्तान र श्रीलंकाबाट जाने यात्रुलाई रोक लगाउने निर्णय गरेको हो ।

नेपाल, बंगलादेश, पाकिस्तान र श्रीलंकाबा हुने उडानहरु रोक लगाउने निर्णय गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

यूएईले गत महिना भारतबाट हुने उडान प्रवेशमा रोक लगाएको थियो ।