कोभिड उद्दार गर्दा थप डेढ लाख बढी लाग्छ- वायुसेवा सञ्चालक संघ « Eglish Khabarhub

कोभिड उद्दार गर्दा थप डेढ लाख बढी लाग्छ- वायुसेवा सञ्चालक संघ



काठमाडौं । केही दिन यता हेलिकोप्टरले बढी भाडा लिएको भन्दै सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि वायुसेवा सञ्चालक संघ (आयोन)ले स्पष्टिकरण दिएको छ ।

संघले एक विज्ञप्ति जारी गर्दै कोरोना संक्रमिणको उद्दारका लागि सामान्यभन्दा बढी शुल्क लाग्ने दावी गर्दै भाडा बढी नभएको दावी गरेको हो ।

संघले कोभिड उद्दार उडान गर्दा प्रति उडानमा १ लाख ५० हजार रुपैयाँभन्दा बढी खर्च आउने बताएको हो ।

‘कोभिड उद्दार उडानको हकमा नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रोटोकल एवम् स्वास्थ्य मन्त्रालयबाट जारी मापदण्ड अनुसार उडान गर्नुपर्ने हुँदा सम्पूर्ण उडानमा खटिने पाइलटलगायतका कर्मचारीका लागि पीपीई सेट, प्यारामेडिकल टोली, सेमि भेन्लिटर मसिन, थप बीमा, प्रत्येक उडान पश्चता हेलिकोप्टरको सेनिटाइजेसन, किटाणुशोधनलगायतका अन्य सामग्री समेत प्रयोग हुने साथै मेडिकल टोलीको प्रयोग गर्नैपर्ने हुँदा खर्च बढी लाग्छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

वायुसेवाहरुले नेपाल नागरिक उड्डयन प्राधिकरणको नियन्त्रण एवम् निगरानी र यस संघको समेत निगरानीमा रही उडान गरिरहेको र चर्को मूल्य लिएको भनि अर्नगल प्रचार गरेको समाचारको पछाडि नलाग्ने एवम् बिरामीका आफन्तहरुले बिचौलियालाई सम्पर्क नगरी सम्बन्धित उद्दार उडान कम्पनीमा सम्पर्क राख्न समेत अनुरोध संघको छ ।

Publish on: