काठमाडौं । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ ।
मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँ कायम भएको सुनको मूल्य बुधबार ३ सय रुपैयाँले घटेर ९२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कायम भएको थियो भने बुधबार ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ । साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला १३ सय ४५ रुपैयाँ थियो भने बुधबार पनि सोही मूल्य कायम भएको छ ।
SHARE YOUR THOUGHTS