काठमाडौं । आइतबार ५४ अंकले बढेको नेप्से परिसूचक सोमबार पनि उकालो यात्रा कायमै राखेको छ ।
आइतबार हालसम्मकै उच्च विन्दुमा पुगेको सेयर बजार सोमबार पनि २०.७१ अंकले बढेर २७५९.२२ अंकमा पुगेको छ । सोमबारको कारोबारमा हालसम्मकै उच्च विन्दु २७७१ सम्म नेप्से परिसूचक पुगेको थियो ।
यो दिन कारोबार संख्या र रकममा पनि उत्साह देखिएको छ । कुल १ करोड ९० लाख ५६ हजार २३६ कित्ता सेयर ९ अर्ब ५७ करोड ६३ लाख ६१ हजार १३९ रुपैयाँमा कारोबार भएको छ ।
यो दिन १३१ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६९ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै १८ वटा कम्पनीको सेयर मूल्य घटेको छ ।
यो दिन होटल तथा पर्यटन, डेभलपमेन्ट बैंक र म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ उपसमूहबाहेक सबैको बढेको छ ।
सोमबारको कारोबारमा रुरु जलविद्युत् परियोजनाको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ । त्यसैगरी समता घरेलु, राधी विद्युत् कम्पनी, कर्पोरेट डेभलपमेन्टत बैंक, प्रोग्रेसिभ फाइनान्स, गुँरास लघुवित्त वित्तीय संस्था, बरुण हाइड्रोपावर, पञ्चकन्या माइ हाइड्रो, नेपाल फाइनान्स, रिडी हाइड्रोपावर डेभलपमेन्ट, खानीखोल हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.५७ प्रतिशतभन्दा बढीले बढेको छ ।
त्यसका साथै विशाल बजार कम्पनी, श्री इन्भेस्टमेन्ट फाइनान्स र ज्योति विकास बैंकको सेयर मूल्यमा गिरावट देखिएको छ ।
SHARE YOUR THOUGHTS